बागलुङ, ८ असार-विसं २०६१ सालमा निर्माण भएको बागलुङको मल्म– पाण्डवखानी सडकको स्तरोन्नति सुरु गरिएको छ । डिभिजन सडक कार्यालय बागलुङबाट विनियोजित रु. ३३ लाखको लागतमा स्तरोन्नति सुरु भएको हो । विष्णु निर्माण सेवा गलकोट नगरपालिका–७ ले निर्माणको जिम्मा लिएको छ । अहिले आककगाखेत देखि सप्ताहघाट सम्मको १४०० मिटर सडकको स्तरोन्नति कार्य चलिरहेको छ । ७ मिटरको चौडाई अनुरुप सडकमा कटिङ, फिलिङ र साँघुरो ठाउँमा जाली भर्ने काम भईरहेको निर्माण कम्पनीका सञ्चालक कृष्ण अधिकारीले जानकारी दिए । पहिला साँघुरो सडक एकतर्फी रुपमा मात्रै गाडी सञ्चालन भईरहेको सडकलाई फराकिलो बनाई दोहोरो रुपमा गाडी सञ्चालन गर्ने योजना अनुरुप काम भईरहेको सडक उपभोक्ता समितिले जनाएको छ । पहिलो चरणको सडक स्तरोन्नतिको काम असार मसान्त भित्र सक्ने लक्ष्य रहेको बताईएको छ । सडक निर्माण भएपछि २०६१ सालदेखि सडकमा जीप, ट्याकटर, मोटरसाईकल र पिकअप मात्र गुडने गरेका थिए । सडक निर्माण भएपनि बिगतदेखि नै स्थानिय यातायात सेवाबाट वञ्चित हुन परेको थियो । अब सडक फराकिलो बनाईएको छ । ग्रेड मिलेपछि बस, ट्रक, ट्रिपर, ट्याक्सी, कार समेत सहजै गुडने गलकोट नगरपालिका वडा नं ७ का अध्यक्ष सुवेदार टिकाबहादुर थापाले बताए ।
Previous Articleमापदण्ड विपरित अमान्यः पौडेल
Next Article बच्चाले खान मानेन, के गर्ने ?