बागलुङ, ६ असार-राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले समाज सेवाले देशको विकास संभव नहुने बताएका छन् । उनले समाज सेवाले राहतको काम गर्ने भएपनि देशको आर्थिक विकासमा योगदान दिनका लागि राष्ट्रिय आविष्कार केन्द्रको आवस्यकतामा जोड दिए । हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी अभियानको आयोजना तथा बागलुङ उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघको संयोजनमा भएको ‘महाविर पुनलाई हाम्रो साथ, अभियान उद्घाटन कार्यक्रममा बोल्दै पुनले देशको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले अहिले पनि ठोस कार्यक्रम ल्याउन नसकेको गुनासो गरे । उनले युवा पलायनलाई रोक्दै नेपालमै अनुसन्धानको काम गर्ने तथा उत्पादन बढाउन सकेमा मात्र आत्मनिर्भर बन्न सकिने धारणा राखे । आविष्कार केन्द्र विकासको एउटा सूचकको रुपमा काम गर्ने जमर्को गरेकोले त्यसले दिने मोडललाई राज्यले स्विकारेर जान सकेमा विकास संभव हुने पनि दावी गरे । अन्य देशमा कुल ग्राहस्थ उत्पादनको केही प्रतिशत रकमले अनुसन्धान कार्यमा खर्च गर्ने चलन भएपनि नेपालमा लगानी नभएकोमा उनले चिन्ता व्यक्त गरे । ‘युवालाई रोक्नका लागि उनीहरुको क्षमतालाई कदर गर्दै केही अनुसन्धान गर्न दिनुपर्छ’ उनले भने, ‘विज्ञान प्रविधि मन्त्रालयलाई सक्रिय बनाएर अगाडि बढौं भन्दा पनि सरकारले टेरपुच्छर लगाएन ।’ उनले कम्तिमा ५० करोडबाट काम थाल्दा यो अभियान सफल हुने दावी पनि गरे । कार्यक्रममा सहभागिले पुनको अभियानमा साथ र सहयोग गर्ने धारणा राखेका थिए । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, Þस्पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, लगायतले उनको अभियानलाई साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
आविष्कार केन्द्रको कामः आर्थिक विकासमा योगदान
Previous Articleहरित सडक निर्माण शुरु
Next Article झापामा ओलीले भने-एमालेसँग टक्कर गर्ने कुनै शक्ति छैन