झापा, ६ असार – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा आफ्नो पार्टीसँग नीतिगत टक्कर गर्ने अन्य कुनै शक्ति नै नभएको बताएका छन्। गहृजिल्ला झापामा भएको चुनाबी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग नीति, संगठन र पद्धति भएको भन्दै अन्य संगठन एमालेको हाराहारीमा नआउने बताए।
उनले भने, ‘अन्य पार्टीहरुले एमालेको विरोध त गर्लान् तर एमालेको हाराहारीमा आउन सक्दैनन्।’ उनले अन्य पार्टीहरुले एमालेको विरोध गर्दे त्यसैको अनुशरण गर्ने गरेको आरोप समेत लगाए।
गृहजिल्लाको चुनावी अभियानमा सहभागी हुन सोमबार झापा आएका अध्यक्ष ओलीले मंगलबार बिहान दमकमा भएको चुनावी सभालाई सम्बोधनगरेका छन्।
उनले लोकतन्त्र, राष्ट्रिय एकता र समृद्धि नचाहनेले मात्रै एमालेको विरोध गर्न बताए। ‘जसलाई लोकतन्त्र चाहिन्छ, राष्ट्रिय एकता चाहिन्छ र समृद्धि चाहिन्छ, उसलाई एमाले चाहिन्छ’, उनले भने, ‘यो सबै चाहिंदैन भने त अरु पार्टी छँदैछन्।’
देश कसरी चलाउनु पर्छ, सरकार कसरी चलाउनु पर्छ छिमेकीसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने उदाहरण एमालेको सरकारले दिएको भन्दै उनले राष्ट्रिय स्वाभिमानका लागि एमालेलाई विजयी गराउन आग्रह समेत गरे।
स्थानीय निकायको निर्वाचनमा एमाले समावेशिताको उत्कृष्ठ नमूना प्रस्तुत गरेको उनको भनाइ थियो। पहिलो चरणको निर्वाचनमा ४५ प्रतिशत जित हासिल गरेको भन्दै उनले दोस्रो तहको निर्वाचनमा एमालेले ६५ प्रतिशत जित हासिल गर्ने दावी समेत गरे।
झापामा ओलीले भने-एमालेसँग टक्कर गर्ने कुनै शक्ति छैन
Previous Articleआविष्कार केन्द्रको कामः आर्थिक विकासमा योगदान
Next Article के के भयो नेपाल-चीन परामर्श संयन्त्रको बैठकमा ?