बागलुङ, ५ असार-कुँडुलेस्थित पुनस्थापना केन्द्र, जिल्ला कारागार तथा न्यु ओएसिस एकेडेमीमा एक दिने ‘तनाव व्यवस्थापन एवं खुसीयाली जीवन’ बिषयक तालिम तथा प्रशिक्षण सम्पन्न भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बागलुङको आयोजनामा उक्त तालिम आयोजना गरिएको हो । विश्वव्यापी रुपमा बढ्दै गएको तनावबाट मुक्त भएर स्वस्थ जीपनयापन गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक ब्रह्माकुमार रमण भट्टराईले मानिसको जीवनमा आईपर्ने अनेक प्रकारका तनावबाट मुक्ति पाउनको लागि यस्ता प्रशिक्षण आयोजना गरिएको बताए । पुनस्थापना केन्द्रमा ६० जना, कारागारमा ७० जना र विद्यालयमा ४ सय जनालाई तालिम दिइएको ब्रह्माकुमारी स्मृतिले जानकारी दिईन् ।
Previous Article‘गाउँमा विकासमा सहकारी उपयुक्त’
Next Article २५ मेट्रिक टन मकैको विउ वितरण