बागलुङ, ५ असार-जिल्लामा एक दशकदेखी क्रियाशिल पत्रकार सुवास आचार्य सम्मानीत भएका छन् । मालिका सेवा समाज बागलुङको प्रथम साधरणसभा तथा अधिवेशनको अवसरमा लामो समय देखी पत्रकारीता क्षेत्रमा क्रियाशिल रही समाज सुशुचित गर्न महत्वपुर्ण योगदान पु¥याएको भन्दै पत्रकार आचार्यलाई सम्मान गरेको हो । मालिका सेवा समाजका अध्यक्ष दुर्गाबहादुर कुँवर र संरक्षक तथा पुर्व उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए । आचार्य धौलागिरी टेलिभिजनको समाचार प्रमुख र माउण्टेन टेलिभिजनको जिल्ला सम्वाददाताका रुपमा काम गरी रहेका छन् । उनी नेपाल पत्रकार महासंघ बागलुङको सहसचिव हुन । पत्रकार आचार्यले सम्मानले आफुलाई पत्रकारीतामा थप उर्जा सिजना गरेको वताउदै सभ्य समाज निर्माणमको पहलमा कलम चलाउने जानकारी दिए ।