काठमाडौं, ५ असार -संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको सञ्चालन तथा व्यवस्थापनका निम्ति हाल तीन दर्जन अलगअलग कानुन निर्माण गरिरहेको छ ।
स्थानीय तहको कानुन बनाउने कार्यमा सहयोग गर्ने उद्देश्यले मन्त्रालयले एकसाथ तीन दर्जन कानुनको मस्यौदा बनाउन सुरु गरेको हो । मुलुक संघीय संरचनामा गएपछि ७ सय ४४ वटा अधिकारसम्पन्न स्थानीय तह गठन गरिएको छ भने ती स्थानीय तह सञ्चालनका लागि मन्त्रालयले सहजीकरण गर्न नमुना कानुन बनाइदिने कार्य अघि बढाएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए ।
स्थानीय तहले आफ्नो कानुन आफैं निर्माण गर्ने र संविधानले दिएको अधिकार अभ्यास गर्न सक्ने संवैधानिक व्यवस्था छ ।तर हाल भर्खर मात्रै स्थानीय तह गठन गरिएको र स्थानीय तह सञ्चालनका निम्ति सुरुवातदेखिकै सारा काम गर्नुपर्ने भएपछि मन्त्रालयले सहजीकरण गर्ने अभिप्रायले कानुन बनाइदिन लागेको तामाङले बताए । ‘हामीले बनाइदिने कानुन नमुना मात्रै हो,’ उनले भने, ‘तत्कालका लागि स्थानीय तहले निर्णय गरेर कार्यान्वयन गर्न सक्छ र पछि हेरफेर पनि गर्न सक्छ ।’
Previous Articleइन्धनको भाऊ घट्दा किन घटेन सवारी भाडा ?
Next Article मालिका सेवा समाजको अधिवेशन