बागलुङ, ४ असार – नेपाल मगर विद्यार्थी संघ धौलागिरी अञ्चल समितिले एक कार्यक्रमका बीच मगर विद्यार्थी संघबाट विभीन्न क्षेत्रको नेतृत्व तहमा पुगेकाहरुलाई सम्मान गरेको छ । मगर विद्यार्थी संघले स्थानीय निर्वाचन निर्वाचित जनप्रतिनिधि, स्ववियु सभापति र पत्रकार महासंघ बागलुङका अध्यक्षलाई सम्मान गरेको छ । मगर विद्यार्थी संघमा रहेर काम गरेका गल्कोट नगरपालिकाका उपमेयर रेनुका काउचा, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, काठेखोला १ का वडाध्यक्ष खडक थापा, बेनी नगरपालिका १ का सदस्य गौरी थापा, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष मनिष थापा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष र म्याग्दी बहुमुखी क्याम्पसका सचिवलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष निर्मा श्रीसले मगर विद्यार्थी संघ विभीन्न राजनीतिक र सामाजिक क्षेत्रमा लाग्न चाहाने मगर युवा विद्यार्थीका लागि साझा फोरम भएको बताईन् । ‘मगर विद्यार्थीमा काम गरेका साथीहरुले अहिले कोही जनप्रतिनिधि हुनुभएको छ, कोही विद्यार्र्थी नेता त कोही पत्रकार महासंघको नेतृत्वमा हुनुहुन्छ,’ उनले भनिन्, ‘यो हाम्रो लागि गर्वको कुरा हो । यहाँबाट क्षमता विस्तार गरेर अन्य ठाउँमा स्थापित हुन मगर विद्यार्थी संघले भूमिका खेलेको छ ।’ कार्यक्रममा नेपाल मगर संघ बागलुङका अध्यक्ष गणेश थापा मगर, मगर विद्यार्थी संघका केन्द्रीय सदस्यद्वय लाल पुर्जा, मनिष थापा, काठेखोला १ का वडाध्यक्ष खडक थापा, मगर नगर प्रारम्भीक समितिका अध्यक्ष हिराबहादुर थापा लगायतले मन्तव्य राखेका थिए । नेपाल मगर विद्यार्थी संघ अञ्चल समिति अध्यक्ष विष्णु आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रेम बुढा र सञ्चालन देवेन्द्र फगामीले गरेका थिए ।
सहजद्वारा जननिर्वाचित सेयर सदस्यलाई सम्मान
सहज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिमा निर्वाचित आफ्ना सेयर सदस्यहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा काठेखोला–१ मा वडाध्यक्ष निर्वाचित संस्थाका सचिव खडक थापा, गल्कोट नगरपालिका–१० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्ती, काठेखोला–५ का वडाध्यक्ष शिव कँडेल र बानपा–४ का सदस्य डिल्ली आचार्यलाई सम्मान गरिएको हो । कार्यक्रममा संस्थाका संरक्षक सल्लाहकार जगन्नाथ सापकोटा, काठेखोला–१ का अध्यक्ष खडक थापा, ५ का अध्यक्ष शिवप्रसाद कँडेल लगायतले बोलेका थिए । सहज बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत सदस्य तेजबहादुर कुँवर सन्तोष र सञ्चालन हरिलाल कँडेलले गरेका थिए ।