बागलुङ, ४ असार – धौलागिरी अञ्चल अस्पतालमा बिगत ४ दिनदेखि रहेको सुनिल पुनको शवको शनिबार अन्त्योष्टी गरिएको छ ।
गत बुधवारदेखि अञ्चल अस्पतालमा रहेको बागलुङको काठेखोला गाउँपालिका–८ कादेशका १८ बर्षिय सुनिल पुनको शव आफन्त र परिवारले बुझेपछि कालीगण्डगीको निरयघाटमा अन्त्योष्टी गरिएको हो । आफन्त, प्रहरी र प्रशासनबीच भएको छलफल अनुसार, घटनाको अनुसन्धान गरि दोषीलाई कारवाही गर्ने सहमती भएपछि आफन्त र परिवारले शव बुझेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खर्गनारायण शाहले जानकारी दिए ।
प्रहरीले मालढुङ्गा चेकपोष्टमा पुग्दै गर्दा लागुऔषध प्रयोग र ओसार पोसारमा संलग्न भएको आंशकामा सोधपुछ गर्न थालेपछि पुन भागेको र भाग्ने क्रममा प्रहरी र म्यादी प्रहरीले पछ्याए पछि आत्तिएर नदिमा हाम फाल्न बाध्य बनाएको भन्दै आफन्तले पिडितको परिवारलाई क्षतिपुर्ति र दोषीलाई कारवाहि हुने पर्ने माग गर्दै शव फेला परे पनि बुझ्न अस्विकार गरेका थिए । गत जेठ २३ गते बागलुङबाट कुश्मातर्फ जाँदै गरेको ट्याक्सी जाँचपछि लागु औषधको कारोवार तथा प्रयोग गरेको आशंकामा पक्राउ गर्न खोज्ने क्रममा भागेर नदीमा हाम फालेका पुनको शव गत बुधवार मृत अवस्थामा फेला परेको थियो ।
पुनको उद्धार तथा खोजीमा प्रहरी प्रशासनले तदारुकता नदेखाएको र पक्राउ गर्ने नाममा नदीमा हाम फाल्न बाध्य बनाएको भन्दै आफन्त र शुभेच्छुकहरुले बागलुङ बन्द सहितको आन्दोलन समेत गरेका थिए ।
ट्याक्सी चालक सहित तिन जना गाडीमा रहेकोमा मकवानापुरका भिमसेन लामा र बानपा २ का दिपेन्द्र कार्कीलाई भने नियन्त्रण लिइएको थियो । उनीहरुलाई जिल्ला प्रहरी हिरासतमा राखिएको छ ।
Previous Article२०७४ असार ४ गते आईतबारको राशिफल
Next Article जनप्रतिनिधिलाई सम्मान गर्ने क्रम जारी