शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेपछि जनतामा निराशा छाएको छ । राष्ट्रिय जनता पार्टीलाई फकाउने नाममा देउवा सरकारले दुई नम्बर प्रदेशको चुनाव सार्ने निर्णय गरेपछि त्यस क्षेत्रका जनतामा चरम निराशा छाएको हो । सरकारको यस्तो निर्णयको चौतर्फी विरोध समेत हुन थालेको छ । चुनाव सार्ने सरकारको निर्णयका कारण नेपाली कांग्रेसभित्र विवाद चुलिएको छ भने प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलहरुले विरोध जनाएका छन् । देउवा सरकारले चुनाव सार्ने निर्णय गरेपनि राष्ट्रिय जनता पार्टीले संविधान संशोधन र स्थानिय तहको संख्या नबढाएसम्म आन्दोलनलाई जारी राख्ने बताएको छ । आफ्नै पार्टीभित्र विरोध भईरहँदा प्रधानमन्त्री देउवाले चुनाव सार्ने निर्णय गरेपछि कांग्रेसमा थप पहिरो जाने संभावना बढेको छ ।
देउवाले सत्तारुढ दल माओवादी र आफ्नै दलका नेताहरुको तीब्र विरोधलाई बेवास्ता गर्दै २ नम्बर प्रदेशको चुनाव सारेर असोज २ मा गर्ने निर्णय गरेपछि सरकार र सत्तारुढ दलभित्र संकट चुलिएको छ । देउवाले चुनाव सार्ने निर्णय गरेपछि राजपाले शुक्रबार चुनाव विरोधी आन्दोलन जारी राख्ने निर्णय गरेको छ । चुनाव सार्ने निर्णयको कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला लगायतले नेताले विरोध गरेका छन् । प्रमुख प्रतिपक्षी एमालेले चुनाव सार्ने कुराको सुरुदेखि नै विरोध गर्दै आएको छ । राप्रपा अध्यक्ष कमल थापा पनि चुनाव सार्ने कुराको विपक्षमा छन् । संघीय समाजवादी फोरम नेता उपेन्द्र यादव, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि चुनाव सार्ने कुराको विपक्षमा छन् । यति धेरै विरोध भईरहँदा पनि प्रधानमन्त्री देउवाले चुनाव सारेर अलोकप्रिय काम गरेका छन् । यस्तो कार्यले प्रधानमन्त्रीलाई संकटमा पारेको छ ।
राजपाका नेताले सरकारले आफूसँग कुनै सल्लाह नगरी अन्दोलनलाई तुहाउने उद्देश्यले चुनाव सारेको प्रतिक्रिया दिएको छ । विरोधका बीच देउवाले चुनाव सार्ने निर्णयको औचित्य पुष्टि हुन सकेको छैन । देशभर चुनावको रौनक छाईरहेका बेला देउवा सरकारले चुनाव सार्ने निर्णय गरेपछि दुई नम्बर क्षेत्रका निराशा छाएको छ । सरकारको निर्णयविरुद्व अहिले दुई नम्बर क्षेत्रमा विरोध प्रर्दशन भईरहेको छ । राजपाका नेताहरुले दुई क्षेत्रमा चुनाव हुन नदिन बन्दका कार्यक्रम गरेपनि त्यस क्षेत्रका जनता प्रतिकार उत्रिर्दै बन्द बजार खुलाएका छन् । यसले के देखाउँछ भने दुई नम्बर क्षेत्रका जनताले चुनाव चाहन्छन् । जनताको साथ हुँदाहुदै पनि देउवा सरकारले चुनाव सार्ने निर्णय गरेका जनताको मताधिकारमाथि कुठाराघात गर्ने काम गरेको छ । यसले प्रधानमन्त्री देउवा र आफ्नै पार्टीलाई क्षति पु¥याउने छ । त्यसैले देउवा सरकारले समयमै दूई नम्बर प्रदेशको चुनाव सार्ने निर्णयमा पुर्नेविचार गर्नुपर्छ । सो क्षेत्रका चुनाव चाहने जनताको अपार साथलाई शक्तिमा रुपान्तरण गरी दोस्रो चरणको चुनाव एउटै मितिमा गर्न सरकार अघि बढ्नु पर्छ ।
Previous Articleजनप्रतिनिधिलाई सम्मान गर्ने क्रम जारी
Next Article ‘रिस्क’ मोल्न सक्ने विद्यालयको नेतृत्व