बागलुङ, २ असार – ज्येष्ठ नागरिक दुब्र्यहारबिरुद्ध विश्व सचेतना दिवस बिहिबार बागलुङ्गमा पनि मनाईएको छ । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले जेष्ठ नागरिकको अधिकार सुनिश्चित गर्नका लागि संबिधानको कार्यान्वयन गर्नुपर्ने बताए । ज्येष्ठ नागरिक मुलुकका अमुल्य निधि भएको भन्दै प्रमुख जिल्ला अधिकारी तिवारीले जेष्ठ नागरिकलाई उपलब्ध गराउने सेवा सुबिधालाई सहज बनाउनका लागि सबैले ध्यान पु¥याउनु पर्नेमा जोड दिए । ज्येष्ठ नागरिकको लागि समाजिक सुरक्षा भत्ता, निशुल्क स्वास्थ्योपचार, यातायात लागयतका सुबिधालाई सहज रुपमा उपलब्ध गराउनुपर्ने तिवारीको भनाई थियो । सो अवसरमा स्थानिय विकास अधिकारी रामप्रसाद आचार्य, जनस्वास्थ्य अधिकृत जिवनकुमार शाक्य, निमित्त महिला विकास अधिकृत सरस्वतीदेबी रेग्मी, समाजसेबी लालचन्द्र राजभण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम जेष्ठ नागरिक संघ बागलुङ्गका अध्यक्ष काजीरोशनको अध्यक्षता, उपाध्यक्ष देबबहादुर श्रेष्ठको स्वागत र सचिव रामप्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleशान्ति, सुरक्षा र सुशासनमा प्राथमिकता – प्रजिअ तिवारी
Next Article स्थापना दिवसमा सहकारी शिक्षा