बागलुङ, २ असार – उद्योग बाणिज्य संघ बागलुङले नवआगन्तुक प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई एक कार्यक्रम गरि स्वागत गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भाषण भन्दा पनि काम गरेर देखाउनु ठिक हुने हुँदा आफुले निजी क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने बताए ।
सामुहिक प्रयासबाटै सबै कुरा ठिक हुने हुँदा शान्ति सुरक्षा कायम राख्न समेत उद्योग बाणिज्यसंग सहकार्य गरेर जाने तिवारीले बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, संघका बरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी, संघका पुर्बअध्यक्ष हरिप्रसाद श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मन्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, कपडा तथा फेन्सी ब्यबसायी समितिका अध्यक्ष भोजराज रेग्मी, महिला उद्यमी समितिका अध्यक्ष भगवती केसीले ब्यबसायीको हकहितमा प्रशासनले सहयोग गरे मात्र ब्यबसायी सफल हुने र राज्यलाई कर तिर्न सक्ने धारणा राखेका थिए ।
ब्यबसायी सफल भए मात्र राज्य आत्मनिर्भर बन्ने हुँदा प्रजिअ र ब्यबसायी एक हुन जरुरी रहेको उनीहरुले धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष जयराम भारी, कार्यक्रमको संचालन महासचिव दयाराम पौडेलले गरेका थिए ।