बागलुङ, १ असार-बागलुङ लीग फुटबलको उपाधि जितेको फ्युचर स्पोर्ट क्लबले खेलाडीलाई स्वागत तथा सम्मान गरेको छ । बुधवार आयोजित एक कार्यक्रममा खेलाडीलाई सम्मान गर्दै सहभागिले शिक्षा जस्तै खेलपनि मानव जीवनका लागि अनिवार्य भएको बताए । उक्त अवसरमा जिल्ला शिक्षाका शाखा अधिकृत लोकनाथ आचार्यले मानिसको सर्वाङगीण विकासमा खेलले ठूलो योगदान गरेको धारणा राखे । साथै उनले अहिलेको अन्तराष्ट्रिय जगतमा खेल क्षेत्र व्यवसायिक भैसकेको र त्यसबाट करोडौं आम्दानी गर्ने अवस्था आएको पनि बताए । फ्युचर स्पोर्ट क्लबका अध्यक्ष तथा फ्युचर ब्राइटर माविका प्रिन्सिपल बालकृष्ण शर्माको अध्यक्षता शिक्षक नवराज गौतमको संचालन र शिक्षक सरस्वती आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालय संचालक समितिका सदस्य डिल्लीराज गौतम लगायतले शुभकामना व्यक्त गरेका थिए । मंगलवार भएको लीगको फाइनल खेलमा चिल्ड्रेन लाईफ स्पोर्स क्लबविरुद्ध ३–२ को गोल अन्तरले जीत हासिल गरेको थियो । खेल जितेको क्लबले मेडल, ५० हजार नगद सहित ट्रफि हात पारेको थियो । उक्त अवसरमा टिम क्याप्टेन कमल थापाले अध्यक्ष शर्मालाई मेडल हस्तान्तरण गरेका थिए । सबै खेलाडीलाई क्लबले प्रमाणपत्र वितरण गरेको थियो ।
Previous Article२०७४ असार १ गते बिहीबारको राशिफल
Next Article छात्रवृत्ति तथा पोशाक वितरण