बागलुङ, १ असार-काठेखोला खोला गाउँपालिका वडा ३ भिमापोखाराको कालिका प्राविमा बुधबार छात्रवृत्ति तथा पोशाक वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति र पोशाक वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीलाई दलित छात्रवृत्ति ४ सयका दरले र अन्यलाई १ सयका दरले वितरण गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष भिमप्रसाद गौतमले छात्रवृत्ति तथा पोशाक वितरणले विद्यार्थीहरुको मनोवल बढ्नुका साथै पठनपाठनमा सहजता आउने बताए । सोही अवसरमा वडा नागरिक संयोजक यममाया पौडेल, अभिभावक संघका अध्यक्ष भविलाल पौडेल लगायतले बोलेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, पूर्व अध्यक्ष लक्ष्मी मल्लको स्वागत र प्रधानध्यापक गंगा विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।
जेष्ठ नगरिक, एकल महिला तथा छात्रवृत्ति वितरण
बागलुङ नगरपालिका–६ लहरेपिपल माविमा जेष्ठ नगरिक, एकल महिला तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । ज्ञामलाल, लालबहादुर गम्भिरा स्मृति पुरस्कार कोष बानपा–६ लहरेपिपल माविले बुधवार विविध छात्रवृत्ति तथा पुरस्कारसहित सम्मान गरेको हो । कार्यक्रममा बोल्दै बानपा–६ का नवनिर्वाचित अध्यक्ष खेमराज सापकोटाले विद्यालय स्थापनी गरिएको कोषले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि गर्न टेवा पु¥याउने बताए । सोही अवसरमा लहरेपिपल माविका पूर्व प्रधानध्यापक मानबहादुर केसी, विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य पदममाणि शर्मा, विद्यार्थीहरुको तर्फबाट देवी सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको शैक्षिक वातावरण सुढृकीकरण हुनुका साथै विद्यार्थीहरुको पठनपाठन सहजता आउने बताएका थिए । सोही अनुसार सृजनशील तथा जेहेन्दार छात्रवृत्ति १३ जनालाई प्रतिव्यक्ति ३५ सय, विपन्न लक्षित छात्रवृत्ति ६ जनालाई प्रतिव्यक्ति १५ सय, एक जना जेष्ठ नागरिक २५ सय, एकल महिला समुदाय दलित, जनजाति र अन्य गरि ३ जनालाई प्रतिव्यक्ति २ हजारका दरले बितरण गरिएको कोषका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए । कार्यक्रम ज्ञामलाल, लालबहादुर गम्भिरा स्मृति पुरस्कार कोषका अध्यक्ष डिलबहादुर थापाको अध्यक्षता, विद्यालयका प्रधानध्यापक कृष्णप्रसाद सुवेदीको स्वागत र शिक्षक बालकृष्ण आचार्यको संचालनमा सम्पन्न भएको थियो । वि.स. २०६९ सालमा ५ लाख स्थापना भएको उक्तकोष बाट विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरु, जेष्ठ नगरिकहरुलाई सम्मान गर्दै आएको छ ।