म्याग्दी, २९ जेठ – अनियमित विद्युत आपूर्तीको बिरोध जनाउदै अनेरास्ववीयु म्याग्दीले आईतबार बेनीमा दिउसै मैनबत्ती बालेर बिरोध जनाएको छ । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेल र जिल्ला अध्यक्ष सुवास विश्वकर्माको टोलीले मैनबत्ती बालेर बिरोध जनाएका थिए । विद्युत आपूर्ती अनियमित हुने समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन दिउसै मैनबत्ती बालीएको संगठनले जनाएको छ । मैनबत्ती प्रज्वलन गर्नुअघि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल समक्ष विद्युत आपूर्तीलाई नियमित बनाउन र अघोषित लोडसेडीङको समस्या समाधाना लागि पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । यसअघि नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रको समेत ध्यानार्षण गराएका थिए । विद्युत आपूर्तीमा छिन छिनमा भैरहने अवरोधका कारण पठनपाठन, व्यापार व्यवसाय र सार्वजनीक सेवा प्रवाह प्रभावित भएकाले समाधानका लागि दवाव दिन विभिन्न चरणमा कार्यक्रम गर्ने अनेरास्ववीयुका केन्द्रिय सदस्य प्रकाश पौडेलले बताए । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले मिलनचोक सब स्टेशनको ट्रान्सफर्मरले विद्युतको माग धान्न नसकेको, मोदी सब स्टेशनदेखि प्रशारण र वितरण लाईन लाईन एउटै हुदाँ पर्वत बागलुङमा समस्या आउँदा पनी म्याग्दीमा विद्युत आपूर्ती बन्द हुने गरेको जनाएको छ । मिलनचोक सब स्टेशनको ट्रान्सफर्मरको क्षमत्ता बढाउने र मोदी–कुश्मा खण्डमा छुट्टै वितरण लाईन बनाउने काम भैरहेको केन्द्रले जनाएको छ ।
Previous Articleलागुऔषधले निम्ताएको दुर्दशा
Next Article प्रभुद्धारा जनहितमा कम्प्युटर सहयोग