बागलुङ, २९ जेठ – प्रभु बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत गलकोट ७ मल्मको जनहित माविमा २ वटा कम्प्युटर सहयोग गरेको छ । आइतवार एक कार्यक्रमको आयोजना गरेर बैंकको गलकोट शाखा प्रवन्धक चेतनारायण गौतमले ६५ हजार रुपैयाँ पर्ने ब्राण्डेड कम्प्युटर हस्तान्तरण गरेका हुन् । गौतमले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापा र प्रअ बिष्णुप्रसाद गौतमलाई कम्प्युटर हस्तान्तरण गरेका थिए । उक्त अवसरमा वडा नं. ७ का अध्यक्ष टिकाबहादुर थापाले सूचना प्रविधिको युग सुहाउँदो सामाग्री दिएर उदाहरणीय काम गरेको धारणा राखे । साथै उनले अवका दिनमा शिक्षाको गुणस्तरमा सुधार ल्याउन आवस्यक भएको पनि बताए । कार्यक्रममा पूर्व अध्यष ललित मािरसिनी, सदस्य लोकबहादुर थापा र गौतमले मन्तव्य राखेका थिए । उक्त अवसरमा अपांगता भएका बालबालिकाका सहित विभिन्न छात्रवृत्ति वितरण पनि गरिएको थियो । विद्यालयका अध्यक्ष पदमबहादुर थापाको अध्यक्षता, शिक्षक लेखनाथ पौडलको स्वागत र रामचन्द्र गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस अघि बिष्णु थापाको सम्झनामा गलकोट ७ का भविन्द्रबहादुर थापाले ५ वटा कम्प्युटर र खोलापारीका गोपाल चोखालले १ थान ल्यापटप सहयोग गरिसकेका थिए ।
Previous Articleदिउँसै मैनबत्ती बालेर विरोध
Next Article चिल्ड्रन लाइफ बागलुङ लिगको फाइनलमा