राजेशचन्द्र रा.भ.
अहिले सबैभन्दा बढी बिकृति के को छ भनेर शोध्ने हो भने जसले पनि सहज रूपमा यसको जवाफ दिनसक्छ त्यो हो लागू औषध दुर्ब्यसनि । हो अहिले समाजमा दिन दुई गुणा रात चौगुणा लागू औषध सेवन गर्ने प्रयोग कर्ता बढेर गए पछि सबै त्रसित छन् । केही दिन अगाडि जिल्ला प्रहरी कार्यालय बागलुङको मालढुंगामा लागू औषध सहित ३ जनालाई नियन्त्रणमा लिएर शोधपुछ गर्ने क्रममा एकजना १८ बर्षिय युवा सुनिल शेरचन बेपत्ता भएका छन् । अहिलेसम्म उनको न त लास फेला परेको छ न त सास नै फेला परेको छ । प्रहरी नियन्त्रणमा भएको सुनिल पिसाब फेर्ने भनी भागेको पुलिसले लखेट्ने क्रममा कालिगण्डकी नदिमा हामफालेको भन्ने फरकफरक खालको कुराहरू बजारमा आएका छन् । सत्य र बास्तबिकता के हो भन्ने राम जाने । दुबै पक्षको आआफ्नो दाबी छ जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकृत अनिल खड्काले पत्रकार सम्मेलन गरेर नै सो मालढुङगा घटना बारे जानकारी गराएका थिए । परिवारको तर्फबाट संघर्ष समितिले पनि पत्रकार सम्मेलन गरेर घटनामा प्रहरी दोषी भन्ने आरोप लगाएको छ ।
जे होस प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न लागू पदार्थ कारोबार र ओसार पसार गर्ने लाई नियन्त्रणमा लिने कार्वाही गर्ने समाजमा युवा जनशक्तिलाई लागू पदार्थको कुलतबाट बचाउने अभियानलाई सकारात्मक मान्नु पर्छ । अहिले हामी सुचना र संचारको आधुनिक युगमा प्रबेश गरेका छौ । अहिले सबैको हातहातमा मोबाइल छ । बाबू आमाको इच्छा भनेको अहिले एउटा मात्रै छ मेरा छोराछोरी नैतिक वान चरित्र बान भै दिओस बढी पढ्ने लेख्ने होस भन्ने नै छ । कसैले पनि आफ्ना छोराछोरी मुन्दे ट्यापे होस लागू पदार्थ खाने होस भन्ने कसैले पनि चाहदैनन् । तर पनि बागलुङ जिल्लामा मात्रै हैन अहिले देश भरि नै लागू पदार्थले सबैलाई हैरानी बनाएको छ । कसैका छोरा कसैका छोरी चेली जानेर वा नजानेर कुलतमा फसेका मात्र छैनन् जिन्दगी नै बर्बाद बनाएर हिडिरहेका छन् । घरमा बाबुआमा टाउको समातेर रूने आफन्तले थाहा पाउला कि भनेर कुरा ढाकछोप गर्ने तर्फ नै उन्मुख भएको देखिन्छ ।
हुनत कोही पनि बाबू आमाले आफ्नो छोरा छोरीको नराम्रो चालचलन बानी ब्यहोरा बारे भरसक कसैलाई थाहा नहोस भन्ने नै चाहन्छन् । यदि कसैले मनले जितेर भन्यो भने पनि त्यो कुरामा रत्तिभर बिश्वास नगर्ने कारणले पनि अहिले लागू पदार्थको दुरब्यसनीको सङ्ख्या बढेर गएको हो । बागलुङ बजारलाई सुरक्षित शहर बनाउने भन्ने अभियान बागलुङ उद्योग बाणिज्य संघको छ । अहिले नब निर्वाचित प्रमुख उप प्रमुख देखि सबै जनप्रतिनिधिको पनि छ तर हामीले सोच्ने र व्यवहार भने फरक खालको छ । अहिले दिन प्रतिदिन बागलुङ असुरक्षित बन्दै गै रहेको महशुस स्कुल पढ्ने कलेज पढ्ने जागिर खाने देखि सर्बसाधारणले महसुस गरि रहेका छन् ।
अहिले बागलुङ नगरपालिकाको जनसंख्या पनि पहिलाको अनुपातमा ४० औ गुणा बढी भै सक्यो । अहिले बिदेशमा रोजगारीमा नजाने परिवार निकै कम होला आमाबाबू पैसा कमाउन बिदेश जाने त्यहाँबाट पठाएको पैसाबाट स्वदेशमा छोराछोरी हरूले भनेजति पैसा खर्च गर्न पाएपछि झन बढी बिग्रिएको देखिन्छ । साच्चै यो संसारमा सबैभन्दा भन्दाबढी अपराधी कोही छ भने त्यो हो लागू औषधको काम धन्दा गरेर रातारात पैसा कमाउने अनि दुनियाँका छोराछोरीलाई दलदलमा ढकेलेर मृत्युको मुखमा पु¥याउने । नेपालमा सरकार नभएको हैन सरकार छ । नियम कानुन छ, प्रहरी प्रशासन पनि छ तर त्यसलाई कार्वान्ययन गर्ने सबै मौन छन् । अहिले लागू पदार्थको काम कारोबार मजाले चलिरहेको छ । सबै ठाउँमा उसको नेटवर्क छ सबै ठाउँमा बुझाउन पर्ने कमिशन बुझाएका छन् ।
कहिले काहिँ लेनदेन नमिल्दा मात्र यसका भरिया समातिन्छन् । हामीले अहिले यस्तो सामाजिक समस्याको सामना गर्नु परिरहेको छ । अहिले हामीले सडकमा ठूलाठूला कुरा गर्छाै भाषण पनि चर्को गर्न पछि पर्दैनौ तर जब ब्यबहारमा केही गर्न परे हामी पछि हट्छौ ।
हामीले हेर्दाहेर्दै कतिजनाले यहाँ अकालमा ज्यान गुमाइ सके तर पनि हामीले यसलाई गम्भीर रूपमा न त हेर्ने गरेका छौ । न त हेरेकै छौ । अहिले लागू पदार्थको सेबन बढेपछि यसको नयाँ ढंगले काम कारोबार बढेपछि मान्छेहरूले दिन दुई गुणा रात चौगुणा धनी बनेका छन् । अहिले दुरब्यसनिले अनेक किसिमको औषधि सेवन गर्ने इन्जेक्सन लगाउने गर्ने गरेको कारण अहिले मेडिकलमा यसको ब्यापार फस्टाएको देखिन्छ । बागलुङमा मनपरि तरिकाले यसको खुलेआम धन्दा चल्दा समेत प्रहरी प्रशासन मौन छ । साच्चै भन्नु पर्दा अहिले निगरानी गर्ने निकाय मौन छ । मेडिकल पसलका संचालकको पनि आफ्नै खालको गुनासो छ । बागलुङमा लागू पदार्थ सेवन कर्ताको कारण दुख पाएको जबर्जस्ती औषधी बेच्न बाध्य भएको कथा सुनाए ।
बर्षमा एक दिन लागू पदार्थ बिरूद्द दिबस मनाउने अनि ३६४ दिन चुपचाप बस्ने हामी र हाम्रो समाज नै दोषि छ । नेपालीमा एउटा पुरानो गित छ स्वर सम्रात नारायण गोपाल रहरै रहरमा पिए हाँसेर पिए नाँचेर पिए पिउदिन भन्दै पिए आज भोली हरेक साँझ मात्तिन थालेछ, जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ । सायद यस्तै यस्तै भएर होला गित बनेको बागलुङ जिल्लामा हरेक साल लागूऔषध सेवन गर्नेहरू मध्य केहीको अकालमा मृत्यु हुने गरेको छ ।
प्रहरी नियन्त्रणमा आएपछि त्यो मान्छे अपराधी भए पनि त्यसलाई बचाउनु पर्छ । उसको बाँच्ने अधिकार सुरक्षित हुनुपर्छ भन्ने मानव अधिकारबादीको भनाइ जायज नै मान्नुपर्छ तर समाज कता तिर जादै छ भन्ने कुरामा भने हामी कसैको ध्यान गएको छैन ।
साच्चै हामीले राम्रो समाज सुन्दर समाज बनाउने हो भने आजकै दिन देखि यसलाई नियन्त्रण गर्ने महा अभियान संचालन गर्न जरुरी छ ।अहिले लागू औषध सेवन गर्ने लाई सहि बाटोमा ल्याउने शिक्षा दिएर नयाँ जीवन दिने नयाँ काम र रोजगारी दिने नयाँ युवा पुस्तालाई कुलतबाट जोगाउने कार्यक्रम नीति प्रहरी प्रशासन स्थानीय निकाय संघ सस्थासंग हुन जरुरी छ । मेडिकल पसलबाट मनपरि ढंगले औषधि बेच्ने काम कारोबार लाई बैज्ञानिक र ब्यबहारिक बनाउन जरुरी छ । बागलुङको प्रत्येक मेडिकल पसलमा सिसि क्यामरा जडान गर्ने प्रत्येक हप्ता बिक्री गरेको औषधिको बिबरण प्रहरी प्रशासनमा बुझाउने कडा नियम बनाउन जरुरी छ । ज–जस्को छोराछोरी कुलतमा फसेका छन् उनको परिवारले आफ्नो छोरा छोरीको नाम र बिबरण प्रहरी प्रशासनलाई दिने हो भने अहिले देखिएको समस्या समाधान गर्न धेरै सजिलो हुने थियोे । अहिले कसैलाई प्रहरीले लागूऔषधमा पक्राउ गरेमा तत्काल नेताको मन्त्रीको शोर्स फोर्स लगाउने चलनले पनि समस्या सुल्झाउने भन्दा जटिल बन्दै गएको हो । साच्चै हामीले हाम्रो बागलुङ राम्रो बागलुङ बनाउने हो भने सबै ईमानदार भएर छातीमा हात राखेर आजैदेखि लाग्ने हो भने पक्कै पनि केही सुधार अबश्य हुने नै छ ।
Previous Articleजनप्रतिनिधि, अधिकार र कर्तव्य
Next Article दिउँसै मैनबत्ती बालेर विरोध