बागलुङ, २८ जेठ – आर्थिक अवस्था कमजोर भएका सिरवारे प्राथमिक विद्यालय गलकोट ७ का मल्ममा अध्ययनरत दलित बालबालिका लाई शैक्षिक सामाग्री तथा जुत्ता सहयोग गरिएको छ । रोटरी क्लब अफ बागलुङको आयोजनामा संचालित खुट्टामा जुक्त अभियानमा यहाँका ३० जना दलित बालबाकिालाई झोला, जुक्त लगायतका शैक्षिक सामाग्री पनि दिइएको हो । उक्त अवसरमा सामाग्री हस्तान्तरण गर्दै जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मि?ले स्थानीय तहमा रहेका सामुदायिक विद्यालयको अवस्था सुधार गर्न समुदाय सक्रिय हुनुपर्ने बताए । उनले अभिभावककै हातमा विद्यार्थीको भविष्य रहेको पनि बताए । कायृक्रममा रोटरी क्लब अफ बागलुङका निवर्तमान अध्यक्ष गगनलाल शाक्य, बर्तमान अध्यष नेत्रलाल न्यौपाने, पत्रकार मुकेश चन्द्र राजभण्डारी, प्रभु बैक लिमिटेड गलकोट शाखा प्रवन्धक चेतनारायण गौतम र गलकोट नगरपािलका ७ का वडा अध्यक्ष टिकाबहादुर थापाले बोलेका थिए । कार्यक्रममा सहयोग लिएर गएका पाहुनालाई स्थानीयले नौमती बाजा बजाएर स्वागत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जीको अध्यक्षता, सदस्य मिनबहादुर दर्जीको स्वागत र शिक्षिका कल्पना गौतमको संचालनमा सम्पनन भएको थियो ।