बागलुङ, २६ जेठ – जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जिम्मेवारी सम्हालेका छन् । बागलुङमा कार्यरत प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे गृह मन्त्रालयमा सरुवा भएपछि तिवारी बागलुङ आएका हुन । गृहमन्त्रालयबाट बागलुङको प्रजिअको रुपमा सरुवा भई आएका तिवारीले बुधबारदेखी जिल्ला प्रशासन कार्यालय बागलुङमा काम थालेका छन् । प्रजिअ तिवारीले शान्ति सुव्यवस्था कायम, सुशासन र सरल तथा सहज रुपमा सेवा प्रवाह आफ्नो प्राथमिकता रहेको बताए । जिल्लाका कार्यालय प्रमुख, राजनितिक दल तथा सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे । तिवारीले यसअघि २०७१/७२ सालमा पर्बतको प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । गत बैसाख ३१ गतेको पहिलो चरणको स्थानीय निर्वाचनमा लम्जुङको प्रमुख जिल्ला अधिकारी रहेका तिवारीलाई चुनाब पछि गृहमन्त्रालयमा सरुवा गरिएको थियो । तिवारीले २०५१ सालमा शाखा अधिकृतबाट सरकारी सेवा सुरु गरेका थिए ।