बागलुङ, २५ जेठ-सरसफाइ सप्ताह अन्तरगत नगर खानेपानी सरसफाई तथा उपभोक्ता समिति बागलुङले खानेपानीको मुहान सरसफाइ गरेको छ । बागलुङ जिल्ला काठेखोला गाउँपालिकाको भुग्दीखोलाको मुहानमा नगर खानेपानी सरसफाई उपभोक्ता समितिका कर्मचारी, तातिया तुण्डी जेबिका प्रतिनिधि र पत्रकारले सरसफाई गरेका थिए । बागलुङ नगरपालिका भित्रका आमउपभोक्तालाई सफा तथा शुद्ध पानी उपलब्ध गराउने उदेश्यले संस्थाले मुहान सरसफाई गर्दै आएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिब रामबहादुर केसीले बताए । बागलुङ नगरभित्र खानेपानी नियमित बनाउने शिलशिलामा पानीको मुहान सरसफाइ गर्ने गरेपनि अहिले सरसफाइ सप्ताह अन्तरगत सबै मिलेर पानी मुहान सफा गरेको नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका हिमाल प्रसाद शर्माले बताए । उपभोक्ता समितिले ३२ सय उपभोक्तालाई खानेपानी बितरण गर्दै आएको छ ।