बागलुङ, २५ जेठ-जिल्ला बाल क्लब संजालको वार्षिक भेला तथा अधिवेसन बुधवार शुरु भएको छ । बर्षेनी नयाँ नेतृत्व सहित बालअधिकारको क्षेत्रमा क्रियाशिल रहने संजालले नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ । कार्यक्रम उद्घाटनका अवसरमा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बालबालिकामा गरेको लगानीले देशको भविष्य सुरक्षित हुने बताए । उनले बालअधिकार बारे अवका दिनमा बालबालिका मात्र सचेत भएर नपुग्ने भन्दै अभिभावक, शिक्षक र राज्यका सबै निकायले पनि जानकारी राख्नुपर्ने धारणा राखे । स्थानीय तहले पनि बालअधिकारबारे बुझेको खण्डमा मात्र आगामी दिनमा बालबालिकको विकास र सहभागिताको अधिकार सुरक्षित हुने पनि बताए । कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय, बानपा ३ की वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा, बागलुङ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदी, जनस्वास्थ्य अधिकृत जीवनकुमार शाक्य, वालकल्याण समितिका सदस्यहरु देवबहादुर श्रेष्ठ, केवी राना, काजी रोशन, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, गैसस महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, सहभागिको तर्फबाट बिमला रिजाल लगायतले बोलेका थिए । जिल्ला बाल संजालकी अध्यक्ष सुरक्षा खड्काको अध्यक्षता, सचिव सुप्रिया सापकोटाको संचालन र महिला विकास अधिकृत सीता अधिकारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा जिविसका सामाजिक विकास अधिकृत भेषराज पौडेल र पत्रकार प्रकाश बरालले सहजीकरण गरेका थिए । जिल्लाभरीका बाल क्लब तथा गाउँ र नगर बाल संजालका प्रतिनिधि गरी ४० जना भन्दा बढीको सहभागिता रहेको भेला विहिवार सम्म चल्ने छ ।
Previous Articleस्थानिय तहमा पत्रकारको भूमिका
Next Article जनप्रतिनिधिलाई स्वागत गरियो