बागलुङ, २५ जेठ-जिल्लाको बडीगाड गाउँपालिका वडा नं. २ खर्वाङमा पहिलो पटक घटना दर्ता अनलाईन प्रणालीमा सुरु भएको छ । वडा कार्यालयमा व्यक्तिगत घटना अन्तर्गत जन्म, मृत्यू, वसाईसराई, विवाह र सम्बन्ध विच्छेदको दर्ता अनलाईन मार्फत सुरु गरिएको हो । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन सुचना प्रणालीमा लैजाने सरकारी कार्यक्रम अनुसार नै घटना दर्ता अनलाईनमार्फत सुरु गरिएको वडा अध्यक्ष विष्णु प्रसाद भुसालले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष भुसालले सुचना प्रणालीको प्रयोगले काममा छरितो र सरलता हुने बताए ।
Previous Articleसरकारको प्राथमिकता – माघ ७ भित्रै तीनै तहको निर्वाचन
Next Article चट्याङ लागेर दुई घाईते