काठमाडौं, २४ जेठ – सपथग्रहणसँगै बसेको नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलको पहिलो बैठकले आफ्ना प्राथमिकता तोकेको छ। बैठकले माध ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता जारी गरेको छ। त्यस्तै स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिवद्धता पनि वयक्त गरिएको छ।
सरकारले आफ्नो प्रवक्ताका रुपमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकेको छ। नवनिर्वाचित प्रधानन्त्री देउवाले आफ्नो नेतृत्वमा आठ सदस्यीम मन्त्रीमण्डल गठन गरेका छन्।
त्यस्तै सरकारले संक्रमणकालको अन्त्य, भूकम्पपछिको पुनःनिर्माण, विभिन्न तहका निर्वाचन, सुशासन, आर्थिक समृद्धि आथिलाई आफ्नो प्राथमिकतामा राखेको प्रवक्ता कार्कीले बताए।