बागलुङ, २२ जेठ – ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुंगा हुन्द्राफेदीमा रहेको प्रकाश माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
वार्षिकोत्सवका अवसरमा विद्यालयले चन्दादाता तथा जग्गादातालाई सम्मान गर्नुका साथै स्थानिय तह निर्वाचनमा वडा नम्बर ३ र ४ बाट निर्वाचित जनप्रतिनिधीलाई समेत सम्मान गरेको छ ।
सो अवसरमा विद्यालयले विद्यालयका चन्दादाता जग्गादाताका साथै ताराखोला गाँउपालिकाकी नवनिर्वाचित उपाध्यक्ष दिलकुमारी पुन, ढोरपाटन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हेमेन्द्र घर्ती, वडा नम्बर ४ का अध्यक्ष तिलक पुन लगाएत वडा सदस्यहरु एवं जनजागृती माध्यमिक विद्यालयका श्रोतव्याक्ति हरीचन पाण्डे, उत्तरगंगा माध्यमिक विद्यालय स्रोतकेन्द्रका स्रोतव्याक्ति वेदवहादुर बुढालाई फुलमाला अविर तथा दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न कार्यक्रममा प्रथम तथा द्वितिय स्थान हासिल गर्ने विद्यार्थी एवं अघिल्लो शैक्षिक सत्रमा कक्षा प्रथम र द्धितिय स्थान हासिल गर्ने विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलक पुन, वडा नम्बर ३ का अध्यक्ष हेमेन्द्र घर्ती लगायतले बोलेका थिए ।