बागलुङ, २१ जेठ – गृह मन्त्रालयले शुक्रबार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) सहित ११ सहसचिवलाई र १५ उपसचिवको सरुवा गरेको छ ।
नयाँ सरकार गठनको पूर्वसन्ध्यामा गृहले पुरानो मिति राखेर सरुवा गरेको हो । गृहले बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । बागलुङका सिडीओ भागीरथ पाण्डेलाई गृह मन्त्रालयमा र बागलुङमा ऋषिराज तिवारीलाई पठाएको छ ।
यस्तै गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमु्ख बालकृष्ण पन्थीलाई काठमाडौंको सीडीओ बनाइएको छ । काठमाडौंका सीडीओ हिमनाथ दुवाडीले अघिल्लो साता उमेर हदका कारण अवकाश पाएपछि उक्त पद रिक्त थियो ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख राजकुमार श्रेष्ठलाई ललितपुरको सीडीओमा सरुवा गरिएको छ । कास्कीका सीडीओ हरि मैनाली र ललितपुरका दीपक काफ्लेको गृह मन्त्रालयमा सरुवा भएको छ । तर, तीनैजनाको महाशाखा तोएिको छैन ।
गृहको सबैभन्दा महत्वपूर्ण मानिने शान्ति सुरक्षा महाशाखामा मैनाली र काफ्लेमध्ये एकको जिम्मेवारी तोकिने सम्भावना छ । त्यस्तै कास्कीमा तारानाथ अधिकारी, धादिङमा महेश आचार्य, तनहुँमा रितेश शाक्य तथा नुवाकोटमा जगदीश बरालको सरुवा भएको छ । नुवाकोटका विष्णु पोखरेलको क्षेत्रीय प्रशासन कार्यालय पोखरा सरुवा भएको छ ।
Previous Article२०७४ जेठ २१ आईतबारको राशिफल
Next Article बुबाको स्मृतिमा छात्रवृति स्थापना