बागलुङ, २० जेठ – ढोरपाटन नगरपालिकाको पहिलो बैठक एवम परिचयात्मक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गत बैसाख ३१ गतेको निर्वाचन र जेठ १८ गते कार्यपालिका तहमा चुनिएर आएका जनप्रतिनीधिको उपस्थतिमा सर्वदलीय सर्वपक्षीय भेला सँगै सुभकामना आदानप्रदान र परिचयात्मक कार्यक्रम गरिएको हो । आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख देबकुमार नेपालीको अध्यक्षता, उपप्रमुख कर्मती घर्ति, राजनीतिक दलहरु, नौ वडाका अध्यक्ष एवम अन्य सदस्यहरु, पत्रकार, बिभिन्न संघ संस्थाका बिचमा उतm कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै शुक्रबार नै भावी योजना र रणनीती बिषयक निर्वाचित पदाधिकारी बिच छलफल समेत भएको छ । कार्यक्रममा नेपाली काँग्रेसका शालीकराम शर्मा, नेकपा एमालेका मोहनलाल शर्मा, माओबादी केन्द्रका रामप्रसाद आर्चाय, राजमोका धर्म कुवँर, क्रान्तिकारी माओबादीका गुञ्ज भण्डारी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्दे पाँच बर्षसम्म नगरलाई नमुना बनाउने र सबै जनताको सुख दुःखमा साथ दिन सुझाब समेत दिए । कार्यक्रममा मेयर नेपालीले बोल्दै आफुहरु अबको पाँच बर्षसम्म कुनै दलको नभई समग्र ढोरपाटन नगरवासीको प्रतिनिधी भएका कारण हरेक बिकास निर्माण र जनताको सुख दुःखमा अगाडी बढ्ने प्रतिबद्धता जनाए । कार्यक्रम नगरपालीका कार्यकारी अधिकृत रामप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । यसैवीच ढोरपाटन नगरपालीकाका निर्वाचन अधिकृत केदारनाथ पौडेललाई शुक्रबार बिढाई गरिएको छ । निर्वाचित जनप्रतिनिधिहरुलाई नगरपालिकाका कर्मचारीले मायाको चिनो समेत प्रदान गरेका थिए ।
Previous Articleयस्तो छ राजदरबार हत्याकाण्ड साँझको घटना श्रृङ्खला
Next Article २०७४ जेठ २० गते शनिबारको राशिफल