बागलुङ, १९ जेठ – धुम्रपान तथा सुर्तिजन्य बस्तुको सेवनबाट लाग्ने रोका कारण मर्नेको संख्या बढीरहेको पाईएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले विश्व धुम्रपान रहित दिवशको अवसरमा यो तथ्यांक सार्वजनिक गरेको हो । नेपालमा पनि यो क्रम बढीरहेको छ । एक तथ्यांक अनुसार नेपालमा ४८ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाले धुम्रपान गरेकोले मृत्युदरमा नेपालीपनि परेको बताइएको हो ।
साथै असुरक्षित रुपमा सेवन गर्दा परिवारका सदस्यलाई पनि क्यान्सर, मुटु सम्बन्धी रोग लाग्ने गरेको पाइएको हो । विश्वमा सर्ने भन्दा नसर्ने रोगबाट मर्ने मानिसको संख्या बढीरहेकोले सुर्ति र धुम्रपान जन्य बस्तुको सेवन नगर्न पनि कार्यालयले सचेत गराएको छ । पत्रकार अन्तरक्रिया कार्यक्रम गरेर सुर्ति र धुम्रपान जन्य बस्तुको सेवनबाट पर्ने असर बारे जानकारी गराएको हो ।
नसर्ने रोगमा राज्यको लगानी बढीरहेको, महंगो लाग्ने तथा मन्द विषको रुपमा आउने भएकोले सबैले सचेतना अपनाउनुपर्ने बरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताए । नेपालमा पनि ५१ प्रतिशत मृत्युको कारण नसर्ने रोगले भैरहेको समेत उनले जानकारी दिए । फोक्सो लगायतका मानव शरिरको क्यान्सर, मुटुको रोग, खोकी, दम, मधुमेय लगायतका धेरै रोगमा चुरोट र सुर्तिसेवन पहिलो कारण भएको पाइएको पनि उनले बताए ।
कार्यक्रममा तिवारी सहित चुडामणी कँडेलले पनि नसर्ने रोग र सुर्तिजन्य बस्तुको असर बारे प्रस्तुतीकरण गरेका थिए । नेपाल सरकारले आगामी साउन १ गतेदेखि यस्ता बस्तुको विक्रि वितरणमा पूर्ण रुपमा नियमन गर्ने कंडेलले जानकारी दिए । चुरोट र सुर्तिको खोलमा ९० प्रतिशत सन्देशमुलक चित्र राख्नुपर्ने काम गरिरहेको पनि उनले बताए । सार्वजनिक स्थलमा सेवन र विक्री गरेमा कारवाही गर्ने समेत कानून बनिसकेको उनले स्मरण गराएका थिए ।
कार्यक्रममा कर अधिकृत सूर्य चापागाई, पत्रकार महासंघका सचिव राम थापा अविरल लगायतले बोलेका थिए । कार्यक्रम तिवारीको अध्यक्षता र तथ्यांक अधिकृत घनश्याम सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleअस्पतालमा अत्याधुनिक एक्सरे मेशीन
Next Article जीप दुर्घटना हुँदा ७ जना गंभीर घाईते