हस्तबहादुर केसी
जनवादी गणतन्त्र कोरियाले १३ अप्रिल २०१७ देखि अप्रिल १९ सम्म प्वाङ्गयाङ्ग साम्राज्यवाद विरोधी तथा समाजवाद सर्मथक लेखक÷पत्रकारहरुको अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गर्ने भएको थियो । त्यस सेमिनारमा सहभागी हुनका लागि हामीले उत्तरकोरियाको यात्रा शुरु गरेका थियौं । त्यस सेमिनारमा सहभागीका लागि कोरिया सरकारले निमन्त्रणा गरेको थियो भने नेपाल–जनवादी गणतन्त्र कोरिया लेखक÷पत्रकार मञ्चको पहलकदमी र नेतृत्वमा हामी कोरिया यात्राका लागि प्रस्थान गरेका थियौं ।
१३ अप्रिल २०१७ का दिन चीनको बेइजिङबाट भएर चाइनाको विमानद्वारा साँझ ९ बजे उत्तरकोरियाको राजधानी प्वाङ्गयाङ्ग पुग्यौं । आयोजक संस्थालाई हामीलाई प्वाङ्गयाङ्ग स्थित एथयलनथबलन प्यचभय ज्यतभ िमा बसायो । नेपाल लगायत विश्वभरका ४६ देशका १५० जना लेखक÷पत्रकारहरु प्वाङ्गयाङ्ग पुगेका थियौं, सबैलाई एउटै होटेलमा बस्ने खाने व्यवस्था मिलाइएको थियो ।
म लगायत ६ जनाको टोली २०७३ चैत्र २७ (९ अप्रिल २०१७) गते चीत हुदै उत्तर कोरिया भ्रमणका लागि प्रस्थान ग¥यौ ।
१४ अप्रिल २०१७ (१ वैशाख २०७३) का दिन प्ब्क्क् बिहान ९ बजे सेमिनारको उद्घाटन कार्यक्रम आयोजना ग¥यो । उद्घाटन कार्यक्रम भव्य र शान्दार रहयो । त्यस सेमिनारमा ध्यचपभचुक एबचतथ या प्यचभब द्वारा ध्यचपभचुक एबचतथ या प्यचभब तजबत ःबपभक क्भािभिकक म्भखयतभम भायचतक ायच तजभ न्ययम या तजभ एभयउभिू विषयक कार्यक्रम प्रस्तुत गरियो भने प्ब्क्क् ले ूख्ष्अतयचथ या म्झयअचबतष्अ एभयउभिुक च्भउगदष्अि या प्यचभब ष्क ब् क्अष्भलअभू विषयक कार्यपत्र प्रस्तुत गरियो । त्यस सेमिनारमा नेपाल, चीन, बंगलादेश, बेलायत, फ्रान्स, रुस, फिनल्याण्ड, बेल्जियम, घाना, घिनी लगायतका देशक तर्फबाट पनि आ–आफ्ना कार्यपत्रहरु प्रस्तुत गरेका थिए । सबै कार्यक्रमहरु प्रति व्यापक छलफल र अन्तक्रिया पश्चात एक मतले पारित गरियो । सेमिनार अत्यन्तै उत्साहजनक, प्रेरणादायक र भव्यताका साथ सम्पन्न भयो ।
लेखक÷पत्रकारहरुको त्यस अन्तराष्ट्रिय सेमिनारमा प्रमुख अतिथिका रुपमा ध्यचपभचुक एबचतथ या प्यचभब का उपाध्यक्ष ९ख्ष्अभ(ऋजबष्चmबल या तजभ ऋभलतचब िऋयmmष्ततभभ या तजभ ध्एप्० कमरेड किम कि नाम ९प्ष्m प्ष् ल्बm० हुनुहुन्थ्यो ।
१५ अप्रिल २०१७ (२ वैशाख २०७४) जनवादी गणतन्त्र कोरियाका संस्थापक नेता कमरेड किल इल सुङको १०५ औं जन्मदिवस परेको थियो । त्यस दिन कोरिया सरकारले आफ्ना संस्थागत नेत सुङको १०५ औं जन्मजयन्ती बढो भव्य र उल्लासमय ढंगले प्वाङ्गयाङ्गमा मनायो । हामी लेखक÷पत्रकारहरुलाई त्यस दिन बिहान सात बजे नै जनमुक्ति सेना र जनता समेत गरि एक लाख भन्दा बढिको उपस्थिति रहेको उक्त जन्मजयन्ती समारोह स्थलमा पु¥याइएको थियो ।
उक्त समारोहमा जनमुक्ति सेनाले ब्यान्डबाजा सहिज पीटी प्रदर्शन गरेको थियो भने हजारौं जनताले हातमा फूल लिएर नाचसहित प्रवेश गरिरहेका थिए । हामीलाई उत्तरतीरको प्याराफिडमा बसालिएको
थियो । त्यसको ठिक माथि कोरियन क्गउचझभ ीभबमभच प्ष्m व्यलन ग्ल ले सिट ग्रहण गर्नु भएको थियो ।
त्यो भव्य समारोहको दक्षिणतीरबाट बाहिरबाट हजारौं जनसमुदाय हातमा फूल समातेर नाच्दै गाउदै भित्र पस्ने र पूर्वतीरबाट हजारौं जनमुक्ति सेना अत्याधुनिक हतियार सहित मार्च पास गर्दै पश्चिमतिर बाहिने मिलाइएको थियो । अन्तिममा जनमुक्ति सेना अहिलेसम्म निर्माण गरिएका हातहतियार र मिसाइलहरु टिप्पर र ट्यांकमा बोकेर विश्वलाई नै चकित पार्ने गरि प्रदर्शन गरेर बाहिरिने गरेको थियो ।
कार्यक्रम अवधिभर आकासमा फाइटर विमानहरु उडाइएको थियो । कार्यक्रम विश्वभर सञ्चार माध्यमहरुलाई बोलाइएको थियो र ठूलो संख्यामा पश्चिमी मुलुकका पत्रकारहरु त्यहाँ पुगेका थिए । सीसीटिभी लगायत अत्याधुनिक क्यामराहरुले सम्पूर्ण कार्यक्रम फोटो खिच्ने काम गरिएको थियो । साझ ७ बजेदेखि ९ बजेसम्म त्यही मैदानमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । एकलाख भन्दा बढि जनता उक्त कार्यक्रममा नाचगान सहित सहभागी थिए ।
बाँकी दिनहरुमा हामी सम्पूर्ण लेखक÷पत्रकारहरुलाई पहिलो दिन कमरेड किम इल सुङको जन्मघर ःबलनथयलनमबभ मा पु¥याएर कमरेड किमको घर जो एउटा म्यूजियमको रुपमा खडा गरिएको रहेछ, त्यसको समग्र पक्षको अवलोकन गराइएको थियो । पूर्वपट्टीबाट विशाल त्भ म्गलन च्ष्खभच बगिरहेको छ ।
बाँकी दिनहरुमा ध्बच ःगनगबm, प्ष्m क्ष्क्ष्क्ष् क्गलन ःझयचष्ब िद्यगष्मिष्लन, ऋभलतचब िएबचतथ क्अजयय िद्यगष्मिष्लन या प्यचभब, सांस्कृतिक हाउस, खेलकुद कमर्ट हल, क्अष्भलअभ बलम त्भअजलययिनथ द्यगष्मिष्लन आदि अत्यन्त वैज्ञानिक ढंगले निर्माण गरिएका ती स्थल र भवनहरुका अवलोकन गराइयो र किम इलसुङको पार्थिव शरीर राखेको ऐतिहासिक मेमोरियलको अवलोकन गराइयो । क्अष्भलअभ बलम त्भअजलययिनथ द्यगष्मिष्लन एकै समयमा करीब ५००० हजार बैज्ञानिकहरु एकैसाथ कम्प्युटरमा बसेर काम गर्न मिल्ने हलको व्यवस्था गरिएको छ; जुन भवनमा कोरिया सरकारले निर्माण गरेका मिसाइलहरुको नमूना प्रदर्शनका लागि राखिएको रहेछ ती सबैको अवलोकन गराइयो ।
हामीलाई १०० मिटर भन्दा तल जमिन रहेको मेट्रो रेल यात्राको अवलोकन समेत गराइयो । साथै बाल शिक्षण अस्पताल आदि भौतिक संरचनाहरुको सुव्यवस्थित र योजनाबद्ध ढंगले अध्ययन अवलोकन गराइएको थियो । घरहरु, सडक र अन्य भौतिक संरचनाहरु अत्यन्तै वैज्ञानिक ढंगले निर्माण गरिएको रहेछ । सडकहरु अत्यन्तै ठूला र फराकिलो गरि निर्माण गरिएको रहेछ ।
हामी माक्र्सवादीहरुले हरेक समाज व्यवस्थालाई माक्र्सवादका तीन संघका अँग र ऐतिहासिक भौतिकवादी द्वन्द्ववादका आधारमा बुझने, अध्ययन, अनुसन्धान गर्ने, त्यसको बारेमा व्याख्या र विश्लेषण तथा संशलेषण गर्नु पर्ने हुन्छ । कोरियामा वकर्स पार्टीले संचालन गरिरहेको समाजवादी व्यवस्थालाई त्यही माक्र्सवादी पद्धतिका आधारमा बुझ्ने, अध्ययन गर्ने र व्याख्या विश्लेषण तथा संसलेषण गर्नु पर्ने हुन्छ ।
कोरिया वर्कस पार्टीद्वारा कमरेड किम इल सुङको नेतृत्वमा सन १९४५ मा सामन्तवाद र जापानी साम्राज्यवादलाई पराजित गरेर समाजवादी व्यवस्थाको स्थापना गरिएको थियो । त्यस पछि उत्तर र दक्षिण गरि दुवै देशमा विभाजन हुन पुगेका थिए ।
सन् १९५० मा अमेरिकी साम्राज्यवादले कोरियामाथि भीषण आक्रमण ग¥यो । कोरिया र अमेरिका बीचमा ३ वर्षसम्म भीषण युद्ध चल्यो । करीब १५ लाख कोरियाली जनता, जनमुक्तिसेनासमेतको साहदत भएको रहेछ । सन् १९५३ मा अमेरिका पराजित भयो । त्यस पछि सन् १९५३ पानमान जुङ्गकम संझौता भयो र उत्तर कोरियामा समाजवादी व्यवस्था कायमै राखियो । दक्षिणमा भने अमेरिकी साम्राज्यवादको प्रत्यक्ष उपस्थितिमा पुँजीवादी व्यवस्थाको स्थापना गरियो । अहिलेसम्म उत्तर कोरियाले एकीकरणको अभियान जारी राख्दै आएको छ । तर अमेरिकी साम्राज्यवाद यसको मुख्य बाधक शक्तिका रुपमा दक्षिणकोरियामा खडा छ । हजारौं अमेरिकी सेनाहरु दक्षिण कोरियामा तैनाथ गरिएको छ । उत्तरकोरियाले अमेरिकासँग फौजी रुपमा लड्न पछाडी नहट्ने भन्दै्र मिसाइल र क्ष्यप्रयास्त सम्मको हतियार निर्माण गरिसकेको बुझिन्छ र कोरिया–अमेरिका तनाव पनि विश्वभर व्यापक चर्चामा छ यतिबेला ।
उत्तरकोरियामा मजदूरहरुको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीको नाम राखिएको छैन । कम्युनिष्ट पार्टीको काम गर्ने गरि शुरुदेखि नै त्यहाँ वर्कर्स पार्टी कोरिया भन्ने छ । त्यसकै निर्देशन र योजनामा किम इल सुङको नेतृत्वमा कोरियामा समाजवादको स्थापना गरियो र दुइवटा साम्राज्यवादी जापानी र अमेरिकी साम्राज्यवादलाई खरानी पारेर पठाइयो र राष्ट्रिय स्वाधिनतालाई अभेद्य किल्लाको रुपमा निर्माण गरिएको रहेछ । अमेरिकी साम्राज्यवाद भिडन्तमा आए, हामी लड्न तयार छौ, भन्दै आमनागरिक तयार भएको पाइन्छ । कोरियामा राष्ट्रियताको भावना ज्यादै पर्खर रहेको छ । कोरियामा सर्वहारावर्गको अधिनायकत्व अन्तरगत समाजवादी व्यवस्था संचालनमा रहेछ । आम जनतालाई सैनिकीकरण गरिएको रहेछ । पार्टी भित्र र राज्य भित्र नियम कानून कडा छ, कार्यान्वयन पनि त्यतिकै कडाइका साथ पालना गरिएको पाइन्छ ।
वर्कर्स पार्टी कोरियाको केन्द्रीय समिति ३०० सदस्य रहेको रहेछ । ५० वर्षमाथिका पाका र अनुभव प्राप्त व्यक्तिलाई मात्र पार्टीको नेतृत्व तहमा राखिने व्यवस्था रहेछ त्यहाँ । केन्द्रीय तह, क्षेत्रीय तह, काउन्टी (जिल्ला) तह र स्थानीय तह गरि चार तहमा पार्टी संचालनको विधि पद्धति कायम गरिएको रहेछ । राज्यमा यसै बमोजिमको व्यवस्था गरिएको रहेछ ।
जनताका लागि गास, बास र कपासको ग्यारेन्टी राज्यले गरेको रहेछ । शिक्षा, स्वास्थ्य, यातायात निःशुल्क रहेछ । जनसंख्या करीब ३ करोड छ । साक्षरता १००% रहेको छ ।
शहर र गाउको विभेद अन्त्य गर्न तीब्रगतिका साथ सरकारले शहरीकरणको नीतिलाई कार्यान्वयनको तहमा अगाडि बढाएको पाइन्छ । शरमा जनताका लागि ४०।५० तले गगनचुमी महल निर्माण गरिएको रहेछ र एक परिवारलाई एक फ्ल्याट निशुल्क बस्ने व्यवस्था मिलाइएको रहेछ । गाउँमा देशभर वैज्ञानिक बसोबास पद्धति अनुसार एउटै रंग र साइजका तीन तले भवन निर्माण गरेर सरकारले आम किसानहरुलाई निशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था गरेको रहेछ । कोरियामा धान खेती मुख्य रहेछ । गहु, जौ, मकै र अन्य ठाउ र सिजन अनुसारको खेती पाती हुदोरहेछ । त्यहाँको मुख्य खाना भात रहेछ ।
नीजि सम्पत्ति छैन । बैंकहरु खोलिएको छैन । पैसा चल्तीमा छैन । एक रुपैयाँ देखि ५००० सम्मका नोटहरु काटिएको रहेछ । तर प्रचलनमा छैनन् ती नोटहरु । मजदूर, कर्मचारीलाई ८ घण्टा अनिवार्य श्रम गर्ने पर्ने व्यवस्था रहेछ । त्यसमा श्रमको न्यूनतम ज्याला दिने व्यवस्था रहेछ । उनिहरुले सामान्य सिमा भित्र रहेर इच्छा लागेका खाने÷लगाउने वा अन्य प्रयोजनका वस्तुहरु सुलभ मूल्यमा प्राप्त गर्ने व्यवस्था मिलाइएको रहेछ । किसानहरुलाई पनि उत्पादित वस्तु विक्रीबाट आउने आयको सानो हिस्सा उपलब्ध गराउने व्यवस्था रहेछ । त्यसैबाट किसानहरुले पनि आफ्ना थप इच्छा, आकांक्षाहरु पूर्ति गर्ने व्यवस्था मिलाईएको रहेछ । व्यक्तिगत सम्पत्ति नभएपछि उच, नीच, विभेद र होचो, हेलो हुनुपर्ने हेपिनु पर्ने अवस्था छैन त्यहाँ । ‘हामी सबै कोरियाली, कोरिया हामी सबैको’ भन्ने भावनाको विकास गरिएको पाइयो ।
सामाजिक व्यवस्था शान्त, सुन्दर र समुन्नत रहेको देखिन्छ । “समग्र कोरिया नै आम कोरियाली जनताको साझा फूलबारी” भन्ने धारणाको विकास गराइएको छ जनतालाई । जनताको सांस्कृतिक चेतना पनि धेरै उच्च रहेको देखिन्छ । समाजवादी संस्कृति नै त्यहाँको मूख्य संस्कृति हो । पुरुष–महिला दुवैले कालो सुट लगाउछन् । महिलाहरुले मिनी स्कट र हिल जुत्ता बढि लगाउछन् । राष्ट्रिय पोषाकको पनि त्यतिकै माया र कदर गर्दा रहेछन् कोरियन महिलाहरु । लवाई, खुवाई र खानपान एउटै स्तरको भएकाले सबै समान देखिन्छन् । शहर बजारमा मात्र होइन रेल वे स्टेशनमा रेलबाट उर्लने र चढने हजारौं जनताहरु एउटै समान पोषाक टाइसुटमा सज्जिएर हिडेको देखिन्छ । वर्कस पार्टी कोरिया र कोरियाली समाजवादले जनताको जीवन स्तर धेरै माथि पु¥याइदिएको पाइयो त्यहाँ ।
कोरियाका जनताले खान, लाउन पाउदैनन् भोकभोकै भरिरहेका छन् । जनताहरु कुपोषणले ग्रस्त छन् भन्ने जुन प्रचार सम्राज्यवादी तथा पुँजीवादी संचार माध्यमहरुले फैलाएका थिए ती सब झूठ प्रचारबाजी मात्र रहेछ र कम्युनिष्टहरुलाई बदनाम गर्ने, विश्व जनतालाई समाजवादी व्यवस्थाप्रति घृणा पैदा गर्ने षडयन्त्र मात्र रहेछ भन्ने कुरा म आफै उत्तर कोरिया पुगेर भित्रैसम्म पुगेर आफ्नै आँखाले देख्न पाउदा ती सबै प्रचारवादीहरु विश्वजनताका शत्रुहरुले फैलाएका झुठ्ठा समाचार मात्रै रहेछन् । कोरिया जनतालाई चुसम्म पनि बोल्न पाइदैन, संचार माध्यमबाट समेत वञ्चित गराएर बाधक बनाई राखिएको छ भन्ने जुन प्रचार गरिन्थ्यो ती सबै झुठ्ठा सावित भएको हामीले पायौं । त्याहाँ आम जनताले माक्र्सवाद–लेनिनवाद–जुछे विचारधारा (आत्मनिरभतैको सिद्धान्त) लाई आत्मसाथ गर्दा रहेछन् । समाजवादी व्यवस्थालाई स्वीकार रहेछन् । अनुसासन त कडा छ । जुछे विचार धारा र समाजवादी व्यवस्थाका विरुद्ध जान भने पाइदैन त्यहाँ । जनताका लागि नेट, इन्टरनेट फोन, मोबाइल सब प्रयोग निशुल्क रुपमा गर्न व्यवस्था सरकारले मिलाएको रहेछ । कोरियाकै विशेषतामा सामाजिक संजाल पनि जनताले प्रयोग गर्न पाउछन् । विदेशी नागरिकहरुलाई भने संचार सरकार नियन्त्रित छ र ज्यादै महंगो छ । सडक, गाडी, यातायातका साधनहरु, भवन, महल, क्अष्भलअभ बलम त्भअजलययिनथ लगायतका जुन भौतिक संरचनाहरु राजधानी प्वाङ्गयाङ्ग लगायत देशभर जुन वैज्ञानिक र उच्च स्तरको प्रवृत्तियुक्त गरिएको, हातहतियारको निर्माण सबैको विकासलाई भित्र पसेर हेर्दा के पाइन्छ भने कोरियाली समाजवादले विश्व जनतालाई प्रेरणादायी र शिक्षाप्रदका रुपमा लिनु पर्ने गरि अत्याधिक विकास गरेको छ र आम कोरियाली सन्तुष्ट तुल्याएको देखियो । यो नै समाजवादी व्यवस्थाको पहिलो विशेषता हो, त्यो उत्तर कोरियाले विश्वजनताका सामु प्रस्तुत गरि रहेको छ । अन्त्यमा हामीले उत्तर कोरियाबाट विशेष गरेर के कुरा शिक्षाको रुपमा ग्रहण गर्न सिक्न सकिन्छ भने पहिलो–वर्कर्स पार्टी कोरिया भित्र शुरुदेखि कायम गरिदै आएको लौह अनुशासन र पार्टी पद्धति । दोस्रो वर्कर्स पार्टी कोरियाले सधै व्यवहारमै पुष्टि गर्दै आएको देश र जनता प्रतिको समर्पण । तेस्रो पार्टी नेतृत्वको देश र जनता प्रति गर्दै आएको योगदान, बलिदान, निस्वार्थ भाव । चौथो–त्यहाँका कम्युनिष्टहरुले व्यवहारमै प्रदर्शन गर्दै आएको वर्गीय मायाँ र कामरेडली व्यवहार ।
पाचौं– अत्यन्तै व्यवस्थित योजनाबद्ध र नियमित पार्टी स्कुलिङ्ग । छैठौ– समाजवादको स्थापना पश्चात मुलुकको पुनर्निमाण र आध–ुनिकीकरण, त्यहाँ पार्टी नेतृत्व र सरकार कठिबद्ध भएर लाग्ने सस्कारको निर्माण । सातौं–जनतालाई देशको मालिक बनाउनमा नमूना योग्य बन्नु । आठौं– पार्टी, देश र जनतालाई सधैं एकताबद्ध तुल्याउन सफल भइरहनु । नवौं–हरक्षेत्रमा पार्टीलाई पहिलो राख्नु,
दशौं– जनताको जीवनस्तर उच्चस्तरमा पु¥याउनु । एघारौं– विकास निर्माण, सडक, यातायात र अन्य भौतिक विकासलाई चरम सिमामा पु¥याउनु । बाह्रौं–विज्ञान र प्रविधिका क्षेत्रमा अतुलनीय प्रगति गर्नु । तेह्रौं– आम जनतालाई अमेरिकी साम्राज्यवाद प्रति तीव्र घृणा व्यक्त गर्न र त्यसका विरुद्ध लड्न तयार पार्नु । चौधौं– पार्टी, सेना र आम जनताका बीचमा जनवादी तथा समाजवादी संस्कृतिको उच्च विकास र परिपालन गर्नु, गराउनु । पन्ध्रौं वर्कर्स पार्टी कोरियाले पार्टी, देश र जनतालाई सधै एकताबद्ध तुल्याई राख्न सफल हुनु । माथि उल्लेखित कोरियाली समाजवादी शासन प्रणालीका मूल्य, मान्यताबाट नेपालका कम्युनिष्टहरुले सिक्न अति जरुरी देखिन्छ । १० दिनसम्मको उत्तरकोरियाको बसाइमा जे देखेँ त्यही लेखेँ । –७ मेमा इमेलबाट प्राप्त