हस्तबहादुर केसी
२०७३ साल चैत्र ३१ गते जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया) पुगियों । चीनको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट चाइना एयरको उडानद्वारा स्थानीय समयानुसार साँझ ८ बजेतिर कोरियाको राजधानी प्वाङ्गयाङ्ग पुगियो । जनवादी गणतन्त्र कोरिया सरकारको निमन्त्रणामा र कोरिया सरकारको संगठन प्ब्क्क् (कास) कोरियाली समाज वैज्ञानिकहरुको संगठनले आयोजना गर्ने १४ अप्रिल २०१७ (१ वैशाख २०७४ देखि २० अप्रिल २०१७ (७ वैशाख २०७४) सम्म प्वाङ्गयाङ्गमा आयोजना गरिने लेखक तथा पत्रकारहरुको अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन जाने अवसरमा मलाई पनि उत्तर कोरिया पुग्ने अवसर मिलेको थियो ।
‘उत्तर कोरिया र अमेरिकाको बीचमा तनाव बढिरहेको छ र दुवै राष्ट्रहरु युद्धको तयारी गरिरहेका छन्’ भन्ने व्यापक हल्लाह भइरहेकै अवस्थामा हामी विश्वभरका साम्राज्यवाद विरोधी लेखक तथा पत्रकारहरु प्रतिनिधिमूलक रुपमा उत्तर कोरियाको राजधानी प्वाङ्गयाङ्गमा जम्मा भएका थियौं । बाहिरबाट हेर्दा आजै य भोली के भइहाल्छ ? जस्ता समाचारहरु मिडियाहरुले प्रशारण गरिरहेका थिए । त्यहाँ अवस्थामा प्वाङ्गयाङ्ग पुग्नुले उत्तर कोरियाका बारेमा पहिलेदेखि चल्दै आएका विवधि प्रकारका प्रचारहरुका बारेमा बुझ्नलाई मलाई थप सहयोग पुगेको महसूस भइरहेको थियो ।
कोरिया सरकार, वर्कस पार्टी कोरिया र KASS (कास) ले अयोजना गर्ने घोषित कार्यक्रममा सहभागी हुने र विविध विषयहरुमा चलाइने छलफल र अन्तरक्रियाहरुमा सामेल हुने कुरा त एउटा प्रतिनिधिका हिसाबले स्वाभाविकै थियो । त्यसका अतिरिक्त मैले त्यहाँ पुगेको बेला उत्तर कोरियालाई हेर्ने जुन भित्री र बाहिरी गरी दुइवटा पाटा रहेका छन् ती विषयहरुमा भित्रैसम्म पुगेर आफ्नै आँखाले हेर्ने र बुझ्ने बारेमा म बढि प्रयत्नशील रहें । कोरियालाई भित्री र बाहिर दुवै पाटोबाट हेर्न र बुझ्न जरुरी छ । किनभने त्यहाँको बारेमा भित्री तथा बाहिरी पाटोबार धेरै कुरा नै मुख्य कुरा हो । म आफै स्वयम भौतिकरुपमा उत्तर कोरिया पुगेर जुन आफ्नै आखाले त्यहाँको भित्री र बाहिरी रुपमा जुन कुरा उठ्दै आएका छन् र उठिरहेका छन्, ती विषयहरुमा मैले जे देखे, जे बुझे ती विषयहरुलाई मसिनो ढंगले केल्याएर हेर्ने प्रयत्न गरेको छु ।
उत्तर कोरियालाई हेर्ने बाहिरी पाटो :
धेरै पहिलेदेखि नै उत्तर कोरियाको बारेमा के प्रचार गरिदै आएको छ, त्यहाँ शासन प्रणाली राजतान्त्रक जस्तो छ किनकी राजतन्त्रात्मक शासन प्रणाली भएका मुलुकमा राजाको छोरा राजा बन्ने गरे झै उत्तर कोरियामा संस्थापक नेता किम इल सुङका छोरा–नाताहरु राष्ट्र प्रमुख बन्ने जुन राजनीतिक प्रणाली देखिन्छ, त्यो राजतन्त्रात्मक शासन प्रणाली जस्तो छ भन्ने आरोप लाग्दै आएको छ ।
उत्तर कोरिया प्रति प्रचार गरिदै आएको अर्को विषय के हो भने त्यहाँ सैनिक शासन छ, जनतालाई चुसम्म पनि बोल्न दिइदैन । जनतालाई सम्पूर्ण प्रजातान्त्रिक हक अधिकारहरुबाट वञ्चित गराइएको छ, सरकारको विरोध गर्नेलाई अर्थात् विरोधीहरुलाई सोझै गोली ठोकी मारिन्छ । सूचना र प्रविधिको हकमा पनि जनतालाई बन्धक राखिएको छ र विश्वबाटै अलग्गै राष्ट्रको रुपमा राखिएको छ भन्ने आरोप उत्तर कोरियालाई लाग्दै आएको छ ।
उत्तर कोरियालाई लगाउदै आएको अर्को आरोप हो– सरकारले त्यहाँका जनतालाई लाउन, खान दिएको छैन, जनता भोक भोकै गर्दछन् र कुपोषणबाट ग्रसित छन् । पढ्ने लेख्ने अवसरबाट पनि जनतालाई वञ्चित तुल्याइएको छ ।
उत्तर कोरियालाई हेर्ने दृष्टिकोण मध्यमा अर्को सबैभन्दा ठूलो आरोप के हो भने त्यहाँ जनताको मानवाधिकार पुरै हनन् गरिएको छ । जनतालाई बोल्न, लेख्न र विरोध गर्न पाइदैन भन्ने व्यापक उपचार गरेको पाइन्छ ।
कोरिया र अमेरिकाका बीचमा छिटै युद्ध हुदैछ एक अर्कोले युद्धका लागि व्यापक तयारी गरिरहेका छन् र यदि युद्ध नै भयो भने अमेरिकाले उत्तर कोरियालाई खरानीमा परिणत गरी दिन्छ भन्ने जस्ता तमाम प्रकारका प्रचारवाजीहरु गरेको पाइन्छ । यिनै विषयहरु हुन बाहिरी रुपमा हेर्दा उत्तर कोरियालाई बुझ्ने आधारहरु ।
उत्तर कोरियालाई हेर्ने भित्री पाटो :
उत्तर कोरियामा स्वयम् भौतिक रुपमा म त्यहाँ पुगेर भित्रैसम्म पसेर जुन त्यहाँको शासन प्रणालीका बारेमा, कोरियाले अवलम्बन गर्दै आएको विचार प्रणालीका बारेमा, जनताका मौलिक हक अधिकारहरु जस्तै शिक्षा, स्वास्थ्य, यातायात, गास बास र कपासका बारेमा, जनताको जीवनस्तर, लबाई, खुवाई, बसोबास, रहन सहन, आवत जावत खान पान, जीवनशैली, सांस्कृतिक अवस्था र जनताको स्तर, जनताको चेतना आदिबारेमा भित्रैसम्म पसेर बुझ्ने प्रयत्न गरें ।
वास्तवमा मैले त्यहाँ के पाएँ भने जुन धेरै पहिलेदेखि उत्तर कोरियाको बारेमा बाहिरी रुपमा जुन प्रचार गरिएको थियो र हामीले सुन्दै आएका थियौं त्यसको ठिक विपरित भएको मैले पाएँ ।
शासन प्रणालीका दृष्टिकोणले उत्तर कोरियामा समाजवादी व्यवस्था छ । त्यहाँ कम्युनिष्ट पार्टीको सट्टा ‘वर्कर्स पार्टी कोरिया’ नाम शुरुदेखि राखिदै आएको छ । विचारधारात्मक रुपमा माक्र्सवाद लेनिनवाद–जुछे विचारधारालाई पार्टीको मार्ग दर्शक सिद्धान्त रहेको छ । सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत समाजवादी शासन प्रणाली अपनाउदै आएका कारण सरकारले नियम, कानून कडा रुपमा निर्माण गरेको छ र कार्यान्वयन पनि कडाइका साथ लागु गरिरहेको छ । त्यहाँ कडा अनुशासन छ । सरकारका नियम कानूनको पालना नगर्ने, पार्टीले अपनाउदै आएको विधिविधान र पद्धतिहरु उलंघन गर्नेहरुको जीवन भने त्यहाँ खतरामुक्त छैन ।
किम इल सुङको परिवारबाटै राज्यको नेतृत्व गर्ने राजतन्त्रात्मक शासन प्रथा जस्तै भन्ने जुन कोरियालाई अरोपल गाउदै आएको छ, त्यो पनि झुठो सावित भएको मैले पाएँ त्यहाँ । पहिलो कुरा त्यहाँ सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत समाजवादी शासन प्रणाली अवलम्बन गर्दै आएको पाइन्छ । दोस्रो कुरा त्यहाँको कम्युनिष्ट नभनिए पनि वर्कस पार्टी कोरिया नै कम्युनिष्ट पार्टी हो । राज्यको नेतृत्व चयन गर्ने जिम्मा वर्कस पार्टीको भएकाले किम इल सुङको परिवार भित्रबाट वा बाहिरबाट राज्यको प्रमुख छान्ने विधि पद्धति अपनाइएको हुनाले त्यहाँ राजतन्त्रात्मक व्यवस्था छ भन्नु समाजवादी व्यवस्था, कम्युनिष्टहरुका विरोधीहरुले गरेको गलत प्रचार हो भन्ने कुरा पुष्टि गरेको पाइन्छ । किम इल सुङको उत्तर कोरियाका बारेमा गरेको त्याग वीरता र कुशल नेतृत्व र कोरियालाई यहासम्म ल्याई पु¥याउन उनको बढि योगदान रहेकाले त्यस परिवारमा राज्य संचालन गर्ने क्षमतावान सन्तान रहेसम्म राज्यको नेतृत्वमा राखिरहनु पर्छ भन्ने जनताको भित्री भावना पाइन्छ । किम इल सुङ र जनताको बीचमा गहिरो भावनात्मक सम्बन्ध कायम रहदै आएको पाइन्छ ।
अर्को प्रश्न जुन छ जनतालाई लाउन खानबाट राज्यले बञ्चित गर्दै आएको छ, कोरियन जनताहरु खान लाउन नपाएर भोक भोकै मरिरहेका छन् । कुपोषणले ग्रस्त छन् भन्ने जुन प्रचार गरिदै आएको छ । तर यहाँ पुगेर भित्रै पसेर बुझ्दाखेरी के पाइयो भने सरकारले गास, बास र कपासको व्यवस्था गरेको रहेछ ।
शहरमा ४०÷५० तलाका गगणचुम्वी महल खडा गरेको छ र एउटै स्तरका भवनहरुमा एक परिवारलाई एक फ्ल्याट निशुल्क वितरण गर्दै आएको रहेछ र गाउमा भने वैज्ञानिक बसोबास प्रणाली अन्तर्गत एउटै रंग र साइजका तीन तले घरहरु देशभर नै निर्माण गरेर किसानहरुलाई निशुल्क रुपमा बसोबासको व्यवस्था सरकारले मिलाई दिएको पाइयो । गाउ र शहरको दुरी लगभग पुरा गरिसकेको छ । गाउलाई पनि शहरीकरण गर्ने सरकार अभियान तीव्रगतिले अगाडि बढिरहेको पाइन्छ । मजदूर तथा कर्मचारीहरुलाई कुनै तलब भत्ताको व्यवस्था छैन । ८ घण्टा अनिवार्य रुपमा काम गर्नु पर्दछ । राशन, पानी, दिनदैन्यका लागि आवश्यक पर्ने वस्तुहरु र लत्ताकपडा सबै राज्यले नै जनतालाई सरकारले नै उपलब्ध गराउने व्यवस्था रहेछ । जनतालाई खानाका लागि सबै चीजहरु सरकारले सुलभ ढंगले पु¥याउने व्यवस्था गरेकाले भोकभोकै मरि रहेका छन् भन्ने कुरा पनि गलत प्रचारवाजी गरेको पाइयो ।
कोरियामा धान नै मुख्य खेती रहेछ भने मकै, गहुँ, जौ, आलु अन्य खाद्य वस्तु उत्पादन गरिन्छ । त्यहाँको मुख्य खाना भात हो । त्यहाँको उत्पादनले नपुगेमा चीनबाट आपूर्ति गरिदो रहेछ । खानामा पुरै वैज्ञानिकीकरण गरिएको हुनाले कुपोषणले जनता रजाउटे हुन्छन् भन्ने कुरा पनि गलत प्रचारवाजी रहेछ भन्ने पाइयो । सबै जनतालाई सैन्यकरण गरिएको र सैन्य तालिमको कारणले महिला या पुरुषदुवै अन्य मुलुकका भन्दा फरक सिलिम परेको देखिन्छन् ।
पोषाक र पहिरनका सवालमा पनि त्यहाँको स्तर धेरै उच्च देखिन्छ । सबैले एकै दर्जाको टाइसुट र सुटेट बुटेट भएर हिड्दछन् । कोही पनि कही पनि सामान्य पोषाकमा हिडडुल गरेको पाइदैन । महिलाहरु पनि टाइसुट र सुटेट बुटेट भएर हिड्दछन् । उनीहरुले मिनिसकट र राष्ट्रिय पोषाक हयांगा पनि पहिरिएका हुन्छन् । सबै लत्ता कपडा जनतालाई राज्यले निशुल्क रुपमा उपलब्ध गराउँदै आएको रहेछ ।
उत्तर कोरियामा जनतालाई शिक्षा निशुल्क रुपमा उपलब्ध गराइएको छ । ंद्द सम्मको शिक्षा अनिवार्य, वैज्ञानिक, प्राविधिक र व्यवहारिक तुल्याइएको छ । ंद्द पछि विद्यार्थी एउटा योग्यता परीक्षा लिइदो रहेछ, विद्यार्थी जुन विषयमा दक्षता राख्दछ त्यही विषयमा राज्यले उच्च शिक्षा हासिल निशुल्क रुपमा दिलाउने राज्यले लिएको हुनाले बाबुआमालाई कुनै चिन्ता नभएको पाइन्छ । अनिवार्य शिक्षा र प्राविधिक शिक्षालाई राज्यले बढि जोड दिएको पाइन्छ त्यहाँ । सत प्रतिशत जनता साक्षर छन् । त्यहाँको साक्षरता प्रति १००% नै रहेको पाइयो ।स्वास्थ्य पनि कोरिया सरकारले जनताका लागि निशुल्क र सुलभ रुपमा सेवा पाउने व्यवस्था गरेको रहेछ । देशव्यापी रुपमा बाल शिक्षण अस्पतालहरु खडा गरेर ५।६ वर्षका बालबालिकाहरु औषधी विज्ञान डाक्टर विषय पढाउने गरेको पाइयो । प्वाङ्गयाङ्ग स्थित एक बाल अस्पतालमा हामीहरुलाई पु¥याएर बालबालिकाहरुलाई औषधी विज्ञान पढाइरहेको अवलोकन समेत गराइयो । यसबाट के पाइन्छ भने कोरियन सरकारले जनताको स्वास्थ्य क्षेत्रलाई पनि ज्यादै महत्व दिएको पाइयो ।
उत्तर कोरियामा यातायात पुरै निशुल्क रहेछ । राजधानी प्वाङ्गयाङ्ग र शहरीकरण गरिएका क्षेत्रहरुमा सडकहरु अन्य देशका तुलनामा ठूला र फराकिलो रुपमा निर्माण गरिएको पाइयो । त्यहाँको जनसंख्या करिब ३ करोडको हाराहारीमा छ । यातायातमा कतै पनि त्यति भिडभाड र जाम हुदैन । सडकमा जनताका लागि ठूला गाडी र ५ डिब्बासहितका साना रेल जस्तै मानिने ट्रली बसको व्यवस्था छ । सडकमा सववय र आकासे पुल बनाइए छ । कुनैपनि रुट सडक जाम र ट्राफिक जाम हुदैन त्यहाँ ।
राजधानी प्वाङ्गयाङ्गमा १०० मिटर जमिन मुनी भूमिगत मेट्रो रेल यातायातको व्यवस्था छ । लाखौं जनता त्यसबाट यात्रा गर्दारहेछन् । हामीलाई त्यहाँ लगेर एकवटा अर्को स्टेसनसम्म मेट्रो टे«न यात्रा गराइयो र सबै व्यवस्था हेर्ने मौका मिल्यो ।
शहरीकरण भएका ठाउमा सबै यस प्रकारको हुने भयो नै अन्य गाउँगाउँसम्म पनि यातायात पु¥याइएको पाइयो । निशुल्क रुपमा सरकारले देशव्यापी रुपमा जनतालाई आवत जावत गर्ने व्यवस्था मिलाएको पाइयो । तर बस पार्किङ र टे«नको पास कुपनको लागि भने केही सिमित रकम यात्रुबाट लिने व्यवस्था रहेछ ।
सूचनाको हकबाट जनतालाई वञ्चित तुल्याइएको छ भने भन्ने प्रचार पनि गलत रहेछ । फोन मोबाइल आफ्नै प्रविधिमा नेट इन्टरनेटको देशव्यापी रुपमा जनतालाई निशुल्क रुपमा उपलब्ध गराइएको रहेछ । कोरियामा बैंकहरु छैनन् । सानोदेखि ५०००।– सम्मको नोट भने सरकारले छपाएको रहेछ । त्यहाँ चीनिया, युरो र अमेरिकी डलर बढि प्रयोगमा ल्याएको छ । हजारौंको संख्यामा विदेशी पर्यटकहरु त्यहाँ जाँदा रहेछन् । खास गरी पश्चिमी मुलुकका र अमेरिकी पर्यटकहरु बढि मात्रामा त्यहाँ जादा रहेछन् । तिनका लागि प्वाङ्गयाङ्गमा ५ वटा ५ स्टार होटेलको व्यवस्था गरिएको रहेछ । अन्य होटेल व्यवसाय छैन त्यहाँ । विदेशीहरुका लागि प्वाङ्गयाङ्ग र देशका सबै ठाउँमा थोरै संख्यामा पसलहरु राखिएको छ । तर त्यहाँ उत्पादित वस्तुज्यादै महंगा छन् ।
विदेशीहरुलाई त्यहाँ जान दिइन्न भन्ने प्रचार पनि गलत रहेछ । हजारौं विदेशी नागरिकहरु त्यहाँ पुगेका छन् । तर सरकारको अनुमति र नियन्त्रणविना हिडडुल गर्न भने पाइदो रहेनछ ।
जनताको सम्पूर्ण जनताको ग्यारेन्टी सरकारले लिएको भए पनि केही व्यक्तिगत चाहना पुरा गर्नका लागि मजदूर तथा कर्मचारीहरुलाई श्रम गरेवापत थोरै मात्रामा रकम उपलब्ध गराउने र किसानहरुलाई पनि आम्दानीको थोरै हिस्साबाट नगद उपलब्ध गराउने व्यवस्था रहेछ । त्यसैबाट यातायात क्षेत्रमा लाग्ने सामान्य कर र किसानहरुले आफ्नो केही व्यक्तिगत चाहनामा परिपूर्ति गर्ने व्यवस्था मिलाइएको पाइयो ।
विश्वभरबाट गरि हामी ४६ देशका करीब १५० जना जति लेखक तथा पत्रकारहरु त्यहाँ जम्मा भएका थियौं । हामीलाई घोषित कार्यक्रम अन्तरगत नै सरकारले निर्माण गरेका विज्ञान/प्राविधिक क्षेत्रमा विविधि भौतिक संरचनाहरु जुन वैज्ञानिक ढंगले तयार पारिएको देखाइएको थियो; त्यसबाट हाम्रो जस्तो देशका लागि ज्यादै शिक्षप्रद र प्रेरणादायी नै हुने लाग्यो ।
त्यहाँ धेरै कडा छ भन्ने जुन प्रचार थियो त्यसमा ८० प्रति सबै कुरामा छुट छ । तर २०% मा के कुरा पाइयो भने जुछे विचारधारा आत्मनिर्भरताको सिद्धान्त र समाजवादी शासन व्यवस्थाको विरुद्धमा उत्रनेहरुका लागि भने खैरित छैन त्यहाँ । विरोधीहरुले कोरियामा मानवाधिकार हनन् गरिएको छ भन्ने यसैलाई आधार बनाइयो पाइयो ।
समग्रमा भन्नु पर्दा हरेक वस्तुका नकारात्मक र सकारात्मक दुवै पाटाहरु हुने गर्दछन्, त्यहाँ केही कमी कमजोरी र नकारात्मक पक्षहरुका बाबजुद सकारात्मक पक्ष नै हावी भएको पाइन्छ ।