बागलुङ, १६ जेठ
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यतालिका अनुसार प्रत्येक वर्ष हुँदै आएको जिल्ला लिग फुटबल प्रतियोगिता बागलुङमा यहि जेठ २२ गतेबाट हुने भएको छ ।
जिल्ला फुटबल संघ बागलुङको मंगलबार संघका अध्यक्ष रामराज गुरुङको अध्यक्षतामा बसेको बैठकले यहि २२ गतेबाट जिल्ला लिग फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
जिल्ला लिग फुटबल प्रतियोगिता सम्पन्न गर्नको लागि जिल्ला फुटबल संघ बागलुङका उपाध्यक्ष टक बहादुर बोहोराको संयोजकत्वमा ५ सदस्य कार्यसमिति गठन गरेको छ । समितिको सदस्यहरुमा विकास थापा, मधुसुदन राजभण्डारी, रेशम गोतामे र मनिष रायमाझी रहेका छन् ।
लिग विजेताले ५० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछभने उपविजेताले २५ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने संघले जनाएको छ । यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार नगद प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट गोलरक्षक, रक्षापंति, मध्यपंति, अग्रपंति र सर्वाधिक गोलकर्ताले १–१ हजार नगद प्राप्त गर्ने संघले जनाएको छ । लिगमा सहभागि हुने टिमले ४ जना बाहिरी जिल्लाका खेलाडीहरु राख्न पाउने व्यवस्था गरिएको छ ।
Previous Articleबाजुरामा सेनाको जहाज दुर्घटना, पाइलटको मृत्यु, दुई घाइते
Next Article असार ९ को चुनाव पनि अनिश्चित, १४ लाई प्रस्ताव