काठमाडौं, १६ जेठ –हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन महासेनानी कैलाश गुरूङको घटनास्थलमै मृत्यु भएको छ । आर्मी ४८ कलसाइन भएको यो सैनिक विमानकी सहचालक सहसेनानी अनिता आले र स्टेवार्ड पुर्ण बहादुर खड्का गम्भीर घाइते भएका छन् ।
विमानमा रहेका सेनाका सुवेदार पूर्णबहादुर खड्का र अर्की एक महिला कर्मचारी घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट कालिकोटका लागि उडेको उक्त विमान मौसमका कारणले कालिकोटमा अवतरण गर्न नसकेपछि बाजुरातर्फ लागेको थियो । नेपाली सेनाका प्रवक्ता झंकबहादुर कडायतले खाद्य संस्थानको सामान बोकेर कालिकोट तर्फ गएको विमान कालिकोटमा अवतरण गर्न नसकेपछि बाजुरामा आएर दुर्घटनामा परेको बताए ।