कृष्ण प्रसाद शर्मा
संघिय संरचनाबाट स्थानिय निकाय अब स्थानिय सत्ता बन्न पुगेको छ । भन्नत सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुग्छ भनेका छौ । थप नीति नियम बनी सकेको अवस्था छैन । अहिले संसदमै छ । काम के गर्ने भन्ने स्पष्ट थाहा नभए पनि संघियता पछि वडा र नगरपालिकाले पाएका अधिकार भने स्पष्ट छ ! कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीन वटै जिम्मा स्थानिय सत्ता हो भनिएको छ । तर त्यसका लागी तयारी के कति छ हामीलाई थाहै छ । कतिपय नगरपालिकामा नव बिजयी पदाधिकारीहरूले आफ्नै भवन नभएर होटलमा सपथ खाएको यथार्थ छँदैछ ।
बाग्लुङ नगरपालिका पहिलो र पुरानो नगरपालिका हो । बागलुङ जिल्लामा नवगठित नगरपालिकाले हाल थपिएका केही नयाँ वडा सहितको यो पुराना नगरपालिकालाई रोड मोडेल नगरका रुपमा हेर्न सक्ने बनाउन जरूरी छ । अहिले बागलुङ नगरापालिकाको भवन छ त्यसैले यसले होटेलमा सपथ खाएन र मौजुदा कर्मचारी पनि छन भने थप कर्मचारी समेत पाउनेछ । अब बाग्लुङ नगरपालिकाले पहिला जस्तै सिमित सिफारीस र नक्शा पास मात्रै गर्छ कि नयाँ पनि केही गर्छ ? बाग्लुङ नगरपालिकाले काम गर्न खोजे अहिलेको टीम राम्रै छ । राम्रो भन्नाले केवल राजनैतिक रुपमा नबुझौ । उपमेयरमा विजयी पनि बजारमा आफ्नो राम्रो छाप भएको र पहिला जि.बि.स.मा काम गरेको अनुभव पनि छ । त्यसैले अब युवालाई समेत परिचालन गर्न सक्ने क्षमता पनि छ तर काम गर्ने ईच्छाशक्ति हेर्न बाँकी छ भने मेयरमा भए व्यक्ति योग्य देखिन्छन् । नगरपालिकाको पहिलो बैठकले बजार क्षेत्रमा लामो समयसम्म रोकिएको रिक्साको पुन संचालन एवं नगरपालिका र यस मातहतका कार्यालयका कार्यक्रममा मदिरा निषेध गर्ने निर्णय गरेको छ । यो दुवै काम निकै सह्रानीय छन् । अहिले नयाँ गठीत धेरै नगरपालिकाको पहिलो बैठकमा निकै आर्कषक निर्णयहरू गरिएको छन् तर पहिला जस्तै कतै यिनिहरू पनि पहिलेका जनप्रतिनिधिहरुले जस्तो बोल्ने मात्रै नहुने त होईन यो आशंका छ । बागलुङ नगरापालिका अब फराकिलो भएको छ । बलेवाको भाग एवं अन्य क्षेत्र पनि समेटिएको छ । हेर्दा प्रत्येक समेटिएका वडामा केहि न केही आर्कषण छन ।
बलेवामा अहिले गौचरन भईरहेको बलेवा बिमानस्थललाई पुन संचालन गर्न बागलुङ नगरापालिकाले के सोच्दछ ? शिक्षामन्त्री एवं प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार पाईसकेको बलेवामा पटक–पटक नेताहरू सहित बिमान अवतरण भए तर जनताले नियमित जाहज चड्न पाउने कुरा नगरपालिकाले सोच्न जरूरी छ । पुरानो बाग्लुङ नगरपालिका भित्र बजारमा एउटा सार्वजिक शौचालय समेत छैन । यो प्रंसग अहिलेभन्दा पहिला दुईवटा लेख लेखेर जाहेर समेत गरेंको थिए तर न उद्योग बाणिज्य संघले सुन्यो न राजनैतिक दलले न त नगरपालिकाले नै । बागलुङ कालिका मन्दिर जाने पर्यटकहरू बढ्दैछन । बजार छिरेर जान चाहनेले बजारमा होटेल नछिरी शौच गर्ने ठाउँ छैन । नगरपालिकाले सके आँफै नसके नीजी क्षेत्रलाई लिएर भुम्ति चर्पि संचालन गर्न सक्छ । हुन त रत्नपार्कमा सार्वजनिक शौचालयमा छिर्नु भनेको रोग निम्ताउनु हो भन्छन् तर हामीले एउटा यो काम जरूर गर्नु छ ।
बजार बाहिर अहिले भकुण्डेमा संचालन भएका होम स्टेलाई नगरपालिकाले प्राविधिक एवं अन्य सहयोग गरेर पर्यटन बढाउन सहयोग गर्न जरूरी देखिन्छ । वडा नं १२ मा पर्ने भैरवस्थानमा पछिल्लो समय पर्यटकहरूको संख्या दिनानुदिन बढ्दैछ । नगरपालिकाले वडाले तर्जुमा गरेका काममा ऐक्यवद्धता मात्र दिने नभई सकेसम्म वडा भित्रका विकासका सम्भावनालाई ठम्याउन जरूरी छ । नगरपालिकाको आर्थिक श्रोत अब स्वंयम बढाउनु पर्ने हुँदा हाल चालु रहेका करका दायर फराकिलो गराउन जरूरी छ । बजार क्षेत्रमा संचालित मदिरा पसलले हाल तिर्ने करको दायरा फराकिलो बनाउनु पर्छ । मदिरा पसल एवं सुर्तिजन्य पदार्थ बेच्न भिन्नै लाईसेन्स लिनु पर्ने राज्यको केन्द्रिय निर्देशनलाई कडाईका साथ लागु गरे राजश्वमा थप ईट्टा थपिनेछ । नयाँ संरचनाले धेरै अधिकार दिएको छ । सिहंदरबार घरघरमा आएको छभने पनि संरचना धान्नका लागी करको दायरा र श्रोतको खोज गर्न नसके भोली यो नगरपालिका देखावटी मात्र हुन पुग्छ । अहिले नगरपालिकाले पाएको एक अधिकार भनेको शिक्षा पनि हो । अहिले अधिकतम मान्छेहरू निजी स्कुलको पढाईलाई हेरेर बजारमा बसिरहेका छन् भने सारा पैसा निजी स्कुलमा गएको छ । अब नगरपालिकाले अन्तरस्कुल संचालन समिति नै बनाएर सरकारी स्कुललाई कसरी राम्रो बनाउन सकिन्छ भनेर जोड दिन जरूरी छभने पुर्व प्राथमिक शिक्षाको संबन्धन लिनका लागी सहज बनाएर गाउँगाउँमा स्तरीय शिक्षामा जोड दिन आवश्यक छ ।
बागलुङ नगपालिका भित्र सुधार मात्र होईन अनगिन्ती सम्भावना पनि छन् । नगरापालिकाले एउटा समिति नै खडा गरेर हरेक वडामा रहेका बिकासका सम्भावना एवं श्रोत जसका कारण आन्तरिक राजश्व थप मद्दत गर्न सक्छ त्यसलाई एउटा अवधारणा नै बनाउन जरुरी छ । केवल केही किलोमिटर मात्र पर रहेका पर्वतका तीन वटा लामा र अग्ला पुल र पर्वत गुफ हेर्न आउने पर्यटक एकपटक बागलुङ जानै पर्छ है भन्नेसम्म बनाउनु पर्छ । राजनैतिक रुपमा छुटेका अर्थात हारेकाहरूलाई समेत मध्येनजर गरी अबका नगरपालिकाका काम गर्न आवश्यक छ । पर्यटनलाई जोड दिन हरेक वडामा पर्यटक आउन सक्ने गराउन एउटा पर्यटन डेक्स खडा गरौ ताकी यसले निजी क्षेत्र एंव अरूसंग पनि सहकार्य गर्न सकोस् । बाग्लुङ नगरपालिकाले बजार भित्र भएका निजी शिक्षण संस्थानले राज्यलाई ठगेका छन् त्यसको नियमन गरी तोकिएका गरीब एवं दलित छात्रवृत्तिलाई हरेक वडाबाट जेहेन्दार खोजेर पढाउन सहयोग गरोस् । भर्खर गठन नगरपालिकाको आगामी कार्यक्रम हेरी थप सबैले सल्लाह सुझाव र सहयोग गरौ ।