बागलुङ, १६ जेठ – क्षत्री समाज बागलुङले सोमबार स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित सम्पूर्ण क्षेत्रीहरुलाई स्वागत तथा शुभकामना व्यक्त गरेको छ । समाजले सोमबार एक कार्यक्रमको आयोजना गरी बागलुङ नगरपालिकाका मेयर, उपमेयर तथा बागलुङ जिल्लाका सम्पूर्ण स्थानीय तहमा निर्वाचित हुने क्षत्रीहरुलाई स्वागत र शुभकामना व्यक्त गरेको हो । स्वागत तथा शुभकामना कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले आफुले उम्मेदवारी दिँदा घोषणा गरेका सम्पूर्ण प्रतिबद्धताहरुलाई पूर्णता दिने बताएका थिए । पौडेलले बागलुङ नगरको विकास र जनताको लागि आफुले दिनरात नभनी लागेर काम गर्ने बताएका छन् । यस्तै उपमेयर सुरेन्द्र खड्काले सुन्दर तथा समृद्ध बागलुङ नगरको लागि आफुहरुले काम गर्ने बताएका थिए । कार्यक्रममा बेनी नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यष टेक बहादुर रावल, तारा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिल बहादुर बस्नेत र क्षत्री समाज बागलुङकी महिला उपाध्यक्ष खड्का कुमारी खड्काले बोलेका थिए । क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष महेन्द्रसिंह रायमाझी र संचालन सचिवालय सदस्य दिपेन्द्र बास्कोटाले गरेका थिए । स्थानीय तहको निर्वाचन २०७४ मा बागलुङका ४ नगरपालिका र ६ गाउँपालिकामा ४२ जना क्षत्रीहरु निर्वाचित भएका छन् ।
Previous Articleगर्भधारण अगाडि पतीपत्नीले अपनाउनु पर्ने सर्तकताहरु
Next Article बागलुङ नगरपालिकाको अबको प्राथमिकता