बागलुङ, १५ जेठ – ढोरपाटन नगरपालिका—५ सहिखोलामा रहेको शिवालय माध्यमिक विद््यालयले आइतबार आफ्नो ५९ औँ वार्षिक उत्सव मनाएको छ । विद्यालयको बार्षिक उत्सवको उद्घाटन कार्यक्रममा समुपस्थित ढोरपाटन नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देवकुमार नेपालीले विद्यालयमा अक्षयकोषको स्थापना गर्न भन्दै व्यक्तिगत रुपमा रु. २ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कार्यक्रममा बोल्दै नगरप्रमुख नेपालीले विद्यालयले यसअघि उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएको कुराको आफुलाई अवगत भएको भन्दै विद्यालयले आगामी दिनहरुमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताए । साथै विद्यालको शैक्षिक तथा भौतिक संरचनाहरुलाई स्तरोन्नती गर्न आफु सँधै प्रतिवद्ध रहेको कुरा उल्लेख गरे । कार्यक्रममा नवनिर्वाचित उपप्रमुख करमती पुनमगर र वडा नं ५ का नवनिर्वाचित वडा अध्यक्ष लक्ष्मण पुनमगरले पनि विद्यालयको शैक्षिक प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा साविक अधिकारीचौर गाविसका सचिव कमलप्रसाद कँडेल, समाजसेवी तथा चन्दादाता धर्मबहादुर कुँवर, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टेकबहादुर घर्तिमगर, पूर्व सदस्य सुनिलकुमार घर्तिमगर, समाजसेवी केशर छन्त्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, कार्यक्रमकै अवसर पारेर विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र छन्त्यालले शैक्षिक सत्र २०७२÷७३ मा शैक्षिक, भौतिक र आर्थिक क्षेत्रमा विद्यालयले गरेका विविध गतिविधी सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयलाई आजको स्थितिसम्म ल्याइपु¥याउनका लागि सहयोग गर्ने जग्गादाता, चन्दादाता तथा अभिभावकहरुलाई फुलमाला तथा अबिर लगाएर सम्मान गरिएको थियोभने विद्यार्थीहरुले विचविचमा स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम जग्गादाता तथा जेष्ठ नागरिक प्रजापति अधिकारीको अध्यक्षता, शिक्षक अग्नीराज जोशीको स्वागत मन्तव्य र नन्दराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । त्यसैगरी, विद्यालयले वार्षिक उत्सवको अवसरमा आयोजना गरेका प्रतियोगीतात्मक कार्यक्रमहरु भने जारी रहेको विद्यालयले जनाएको छ । प्रतियोगीता अन्तरगत आइतबारबार आधारभूत तह र माध्यमिक तहमा छुट्टा–छुट्टै स्मरणशक्ति प्रतियोगीता सम्पन्न भएको छ । जसअन्तरगत आधारभूत तहमा कक्षा ८ का सुर्जन परियार प्रथम, कक्षा ७ की मनिता रोकामगर द्वितीय र कक्षा ७ कै सुरेन्द्र घर्तिमगर तृतीय भएका छन् । त्यसैगरी मावि तहमा कक्षा ९ का काँसिराम सापकोटा प्रथम, कक्षा ९ कै जीवन भण्डारी द्वितीय भएका छन् ।
Previous Articleगफ हैन काम गरेर देखाउ
Next Article आर्थिक प्रशासन हेर्ने कर्मचारीका लागि अभिमुखिकरण