बागलुङ, १२ जेठ – बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई रुद्रपीपल मावि बानपा–२ का तर्फबा बिहीवार वधाई ज्ञापन तथा शुभकामना व्यक्त गरिएको छ । विद्यालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद शर्मा, प्रधानाध्यापक रोश श्रेष्ठ लगायतले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई वधाई ज्ञापन गरेका थिए । बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का, बानपा २ बाट निर्वाचित वडा अध्यक्ष जीवन आचार्य, वडा सदस्यहरु निर्माला जिसी, अनिता केसी बस्याल, अर्जुन घिमिरे र सुरज बोसेललाई सो सम्मान तथा वधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का, वडा अध्यक्ष जीवन आचार्यले सबैसंग समन्वय गरेर नगरपालिकाको समृद्धिका लागि अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य लालचन्द्र राजभण्डारी, शिक्षक शारदादेवी शर्र्मा र विद्यार्थी नविना थापाले वधाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद शर्माको अध्यक्षता, प्रधानाध्यापक राजेश श्रेष्ठको स्वागत र शिक्षक सोमनाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।