बागलुङ, १२ जेठ – करदाता सेवा कार्यालय बागलुङले आर्थिक वर्ष २०७३÷०७४ मा लक्ष्य भन्दा धेरै राजश्व संकलन गरेको छ । करदाता सेवा कार्यालय बागलुङले बैशाख मसान्तसम्म १० करोड ३७ लाख ५० हजार ८ सय ८४ रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा १२ करोड ८७ लाख ९१ हजार ८ सय ४ कर संकलन भएको करदाता सेवा कार्यालय बागलुङले जनाएको छ । बैशाख मसान्तसम्म आयकर ९ करोड ८४ लाख १८ हजार ३ सय ६०, मुल्य अभिकृद्धिकर २ करोड ३९ लाख ५२ हजार ४ सय ९० रुपैयाँ, अन्तशुल्क कर ३३ लाख ४८ हजार ४ सय, स्वास्थ्य सेवा कर ७ लाख ६१ हजार ३६ र शिक्षा सेवा कर १६ लाख ९६ हजार ३ सय ९८ रुपैयाँ कर संकलन गरिएको करदाता सेवा कार्यालय बागलुङका कर अधिकृत सुर्यप्रसाद चापागाईले बताए । पछिल्लो समयमा करदाता सेवा कार्यालयले बजारमा कर नबुझाउने, दर्ता नगरी व्यवसाय संचालन गर्ने गरेकोहरुलाई बजार अनुगमन गरी कर समयमै बुझाउनुपर्ने बारेमा जनचेतना गराएपछि राजश्वमा बृद्धि भएको कर अधिकृत चापागाईले बताए ।
१५ सय ९८ व्यवसायीले कर बुझाएनन्
कर कार्यालय बागलुङमा दर्ता भएका ५ हजार ८१ व्यवसायी तथा संघसंस्थाहरु मध्ये १ हजार ५ सय ९८ व्यवसायी एवं संघसंस्थाहरुले हालसम्म कर बुझाएका छैनन् । पटक पटक फोन सम्पर्क गरेर कर बुझाउनको लागि जानकारी गराउँदा पनि नबुझाएपछि कर कार्यालय बागलुङले पत्रलेखेर कर नबुझाउने व्यवसायीहरुलाई कर बुझाउनको लागि आग्रह गरिएको कर कार्यालय बागलुङले जनाएको छ । कतिपयको फोन नम्बर फेरेका छन् त्यसकारण पत्रलेखेर जानकारी गराइएको कर अधिकृत चापागाईले जानकारी दिए । कर कार्यालय बागलुङमा मुल्य अभिवृद्धिकर ५ सय ४३, शिक्षा सेवा शुल्क १७, अन्त शुल्क कर ५ सय ८०, आयकर अन्तरगत ५ हजार ८१ छन्भने स्वास्थ्य सेवा कर २२ वटा दर्ता भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७३/०७४ को बैशाख मसान्त सम्म बागलुङमा ४ सय ७४ पसल तथा व्यवसायीहरुलाई अनगुमन गरिएको छ । जस मध्ये ३ सय ५६ वटा दर्ता भएका र ११८ दर्ता नभएको पाइएको कर दाता सेवा कार्यालय बागलुङका कर अधिकृत सुर्यप्रसाद चापागाईले बताए ।
सूचनाको हक कार्यान्वयनको लागि त्रैमासिक पुस्तक प्रकाशन
करदाता सेवा कार्यालय बागलुङले कार्यालयलाई सूचनाको हक कार्यान्वयको लागि कार्यालयको सम्पूर्ण विवरण भएको त्रैमासिक पुस्तक प्रकाशन गरेको छ । कार्यालयले स्वतःप्रकाशित गरि जिल्लाको पहिलो सुचना मैत्री सरकारी कार्यालय बनेको हो । सुचना हकसम्वन्धी ऐन २०६४ को दफा ५९३० तथा नियमावली २०६५ को नियम ३ ले व्यवस्था गरेका विभिन्न शिर्षक बमोजिमका सुचनाहरु आम नागरिकको सुसुचित हुने हकलाई ध्यानमा राख्दै आफ्नो निकायको जवाफदेहिता, पारदर्शिता र विश्वासनीयताका लागि नियमित रुपमा विवरण स्वतः प्रकाशित गरेको कर अधिकृत चापागाईले बताए । बागलुङका अन्य सरकारी निकाय तथा सार्वजनिक निकायले स्वतः प्रकाशित नगरेको पाईएको बताइएको छ । नेपालको संविधान २०७२ को धारा २७ मा प्रत्याभुत एवं धारा २८ मा व्यवस्थित सुचनाको हकलाई संरक्षण गर्न सुचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ४ ९५० र नियमावली २०६५मा प्रत्येक सार्वजनिक निकायले सार्वजनिक सरोकार एवं गतिविधीहरुको विवरण प्रत्येक ३ महिनामा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।