बागलुङ, १० जेठ – १० बर्ष पहिले भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै आन्दोलनमा उत्रेका न आंशिक प्राध्यापकहरुले मंगलवार धौलागिरी बहुमुखी क्याम्पस प्रम्ुखको कार्यकक्षमा ताला लगाएका छन् । सरकारल र त्रिभूवन विश्व विद्यालय सँग पटक पटक भएका सम्झौता कार्यान्वयनको माग गर्दै प्राध्यापक संघले गरेको आन्दोलनका कारण क्याम्पसको पठनपाठन पूर्ण रुपमा प्रभावित पनि भएको छ । २० बर्ष देखि विश्व विद्यालयमा प्राध्यापन गराईरहेका अशिक प्राध्यापकको श्रम शोषण भएको पनि उनीहरुले आरोप लगाए । तत्काल श्रम शोषण अन्त्य गरेर सम्झौता पालना गर्न माग गरिएको संघका धौलागिरी बहुमुखी क्याम्पस अध्यक्ष बिष्णुप्रसाद चापागाईले बताए । दैनिक ज्यालादारीमा काम गरिरहेका प्राध्यापकहरुलार्य मासिक तलब दिने गरी करारमा नियुक्त गर्नुपर्ने उनीहरुको माग छ । त्रिविले पनि कम्तिमा एक बर्ष प्राध्यापन गरेका र सातामा १५ पिरियड पढाएका सबैलाई करारमा नियुक्त गर्ने सहमति गरेको थियो । उक्त सहमति पालना नभएको उनीहरुको आरोप छ । धौलागिरी बहुमुखी क्याम्पसमा ७३ जना प्राध्यापक रहेकोमा ४० जना आंशिक छन् । उनीहरुको समस्या प्रति गम्भिर भएपनि केन्द्रबाट पालना नभए सम्म आफूले केही गर्न नसक्ने क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बताए । यो राष्ट्रिय समस्या भएकोले कार्यालयबाट हुने काममा अवरोध भएपनि अन्य काम गर्दै केन्द्रीय तहमा जानकारी गराउने उपाध्यायले बताए । सरकार र प्राध्यापक संघ बीच भएको सहमति भएकोले प्रकृया पु¥याएर करार गरेमा समस्या समाधान हुने पनि उनले बताए ।
Previous Articleभीरमह उत्पादन यसवर्ष घट्यो
Next Article यसरी बन्दैछन गाउँ–नगर कार्यपालिका