बागलुङ, १० जेठ – ताराखोला गाउपालिकाको साबिक तारा गाविस भीर मह शिकारका लागि प्रख्यात मानिन्छ । तर यस वर्ष स्थानीयको भनाई अनुसार भीरमाहुरीको मह पर्याप्त मात्रामा काढ्न पाईएन । ताराखोला क्षेत्रका भीर पहराहरुमा झुण्डिएका माहुरीका चाकाहरु झिक्दा पर्याप्त मात्रामा मह नपाईएको स्थानीयले बताएका छन् । गत वर्षहरुमा ३ हजार लिटरसम्म भीर महको शिकार गरिएकोमा यस वर्ष जम्मा २० लिटर मह काढिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार, जुल्फे सामुदायिक बन र ठुलाभीर सामुदायिक बनमा विगतको बर्षमा ७ घार काढेर ३ हजार लिटरसम्म निकाल्ने गरेको तर अहिले भने ६ घार काट्दा पनि २० लिटर मात्र काढिएको जुल्फे सामुदायिक बनका सचिब नारायण घर्तीले बताए । उनले बैशाख महिनामा बढी वर्षा भएकोले माहुरीले आफै मह खाएकोले मह कमी भएको बताए । गत बर्ष सामुदायिक बनका २ सय ३ उपभोक्तालाई १ लिटरका दरले वितरण गरेर पनि बाहिरी ग्राहकलाई बेचेर २५ हजार आम्दानी गरेको घर्तीले बताए । भीर माहुरीको मह विभिन्न किसिमको रोगको उपचार गर्ने र स्वास्थका लागि लाभदायी हुने भएकोले यसको माग उच्च छ तर यसको संरक्षण र विकासको लागि कुनै बैज्ञानिक तरिका नहुँदा भीरमाहुरीको संरक्षण तथा महमा कमी आउने गरेको घर्तीको भनाई छ । अब लगत्तै जेष्ठको अन्यतिर ठुलोभीर र डुडेलेकमा रहेको मौरिको मह निकाल्ने योजना रहेको घर्तीले बताए ।
Previous Articleभवन पुननिर्माण गर्न ५ लाख
Next Article क्याम्पस प्रमुखको कार्यकक्षमा ताला