म्याग्दी, १० जेठ – रघुगंगा गाउँपालिका–३ भगवतीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि एक विदेशी संस्थाले पाँच लाख आर्थिक सहयोग गरेको छ । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले क्षति पुगेका कक्षाकोठा भवन पुनःनिर्माणका लागि बेल्जियमको हिमालयन परियोजनाले सो आर्थिक सहयोग गरेको हो । संस्थाका पवल भन्द्रे मुर्टेल र निता बुदुजा पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन भण्डारीलाई सोमबार सो रकम हस्तान्तरण गरेका हुन् । संस्थाका मुर्टेल र बुदुजाले गतवर्ष पूर्व विद्यार्थी राजु गिरीको पहलमा क्षतिग्रस्त विद्यालयको अवलोकन गरेका थिए। सो विद्यालयमा हाल तीन कोठे भवन पुनःनिर्माण भइरहेको छ । जिल्ला शिक्षा कार्यालयले ३१ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । शिक्षा कार्यालयको अनुदान अपुग हुने भएपछि बाह्य स्रोतबाट समेत आर्थिक जुटाइएको अध्यक्ष भण्डारीले बताए ।
Previous Article२०७४ जेठ १० गते बुधबारको राशिफल
Next Article भीरमह उत्पादन यसवर्ष घट्यो