बागलुङ, १० जेठ – अपाङ्गता भएका बागलुङका १५ जनालाई मंगलवार ह्वील चियर प्रदान गरिएको छ ।
अपाङ्ग पुर्नस्थापना केन्द्र काठमाण्डौको सहयोग, अपाङ्गता सरोकार सघंको संयोजन तथा अपाङ्गता भएका व्यक्तिहरुको सञ्जाल बागलुङको आयोजनामा शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चियर वितरण गरिएको हो ।
बागलुङमा आयोजित बिशेष कार्यक्रमका बिच दमेकका बलबहादुर कार्की, नरहरि चापागाई, अनिस परियार, निरबहादुर नेपाली, अविलास कुमार किसान, रेशका कृष्ण खड्का, ताराखोलाका दिलकुमारी घर्ती, तंग्राममा होमबहादुर थापा, पर्वत कुश्माका रिहाना श्रेष्ठ, बागलुङका प्रसन्न सापकोटा, लेखानीका निसान विक, रामरेखाकी पवित्रा केसी, धम्जाकी गौमती कडेल, गलकोटका यामकुमारी सुनार, भिमापोखराका प्रवेश पौड्याललाई आरामदायी ह्विलचियर वितरण गरिएको थियो ।
सो अवसरमा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले आज सपाङ्ग भएका व्यक्तिहरु भोली अपाङ्ग हुन सक्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरु प्रतिसद्भावपूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम अपाङ्ग पुर्नउत्थान काठमाण्डौका गंगाधर कंडेलको अध्यक्षता, अपाङ्ग सञ्जाल बागलुङका उपाध्यक्ष सन्तोष पौड्लको स्वागत र सचिव रामप्रसाद घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleऐतिहासिक स्थानिय तहको चुनाव–२०७४
Next Article रामबहादुरको उपचारको लागि आर्थिक सहयोग