कमल बहादुर महत सौरभ र सुजित मैनालीद्वारा लिखित र संकलित अंग्रेजी पुस्तक ‘ब्रेकिङ नेपाल’ ले नेपालमा खासगरी पश्चिमा, भारतीय र केही नेपाली अध्येताद्वारा तथ्यलाई तोडमोड गरी नेपाल राष्ट्रलाई ‘टुक्र्याउने‘ खेलमा कसरी लागेका छन् भनी ती अध्येताहरूको पुस्तकमा उल्लिखित विवरण जस्ताको तस्तै उल्लेख गरिएको संकलन हो । विशेषतः पश्चिमाहरूद्वारा नेपाल र नेपालीविरुद्ध वर्षौंदेखि अनुपयुक्त, तथ्यहीन र अपाच्य विभिन्न पुस्तक र लेखहरूमा छरिएका भनाइ तथा लेखनहरूलाई यस पुस्तकको दुईवटा भागमा जस्ताको तस्तै संकलन गरिएको छ । यसबाट पाठकहरूले विदेशीहरूको नेपालप्रतिको सोचाइ, पूर्वाग्रह, फुटाऊ र राज गरको कूटनीति तथा रणनीतिलाई बुझ्न थोरै भएपनि सघाउ पुग्नेछ । अनि विदेशीहरूको गतिविधि, लेखन र उपस्थितिलाई सतर्कताका साथ नियाल्न प्रेरित गर्ने देखिन्छ । अध्ययन गरिएको राष्ट्र, समुदाय तथा व्यक्तिविरुद्ध कसरी विदेशी र नेपाली लेखकहरूले अनुसन्धानका मूल्य मान्यताहरूलाई कुल्चेर जथाभावी तथ्यलाई तोडमरोड गरेर विभिन्न पुस्तक तथा लेखहरूमा प्रस्तुत गरेका छन् भन्ने कुरालाई यस पुस्तकले एकत्रित गरी प्रस्तुत गरेको छ । नेपाल र नेपालीबारे तुच्छ शब्द प्रयोग गरी पश्चिमाहरूले उनीहरूको धर्म, संस्कृति, परम्परालाई नेपालीहरूभन्दा अब्बल रहेको भनी लेखनमार्फत सिद्ध गर्न कसरी भरमग्दुर प्रयास गरेका छन् र त्यसमा भारतीय र नेपाली सहयोगी लेखकहरूले पनि कसरी सघाउ पु¥याएका छन् भनी यो पुस्तकले सिलसिलेवार रूपमा विवरण प्रस्तुत गरेको छ । उदाहरणका रूपमा जोन ह्वेल्पटनले तराईमा पहाडे ‘वर्चस्व’ विरुद्ध लाग्न तराईका मैथिली, अवधि र थारू भाषाको सट्टा हिन्दी भाषालाई बढावा दिनुपर्ने कुरा औंल्याएका छन् (पृष्ठ ९६) । धेरै नेवारहरू श्रेष्ठसहितले तपाईंलाई भन्नेछन् कि सबै नेवार जातिहरू सबभन्दा ज्यादा बिग्रेका छन्ः डेभिड एन. गेलनर (पृष्ठ १३९) । सैनिकहरू लडाकुजस्ता छैनन्, उनीहरू साना कदका, फोहोरी र अनुशासनविहीन छन्ः आई. पी. मिनायेभ (पृष्ठ १६२) । अवैध रूपमा चोरीको पेन्टिङ भनेको भन्दा आधा ३०० अमेरिकी डलरमा किनें स् मेरी शेफर्ड स्लसर (पृष्ठ १६७) । पुस्तक साह्रै नै सूचनामूलक भएतापनि पुस्तकमा उल्लिखित सूचनाहरू कतिपय ठाउँमा नबुझिने छन् जसका लागि सो लेखक, लेख वा पुस्तकबारे प्रशस्त सोधखोज र अध्ययनको आवश्यकता पर्ने देखिन्छ । वर्तमान नेपालको धरमराउँदो अवस्थाबारे थाहा पाउन यो कृतिले मद्दत गर्ने देखिन्छ । नेपालबारे विदेशी र नेपालीहरूले अंगे्रजी भाषामा के कस्ता विवरणहरू प्रस्तुत गरेका छन् भनी नेपालीहरूद्वारा नै विस्तृत विवरण दिई लेखिएको पहिलो पुस्तक बन्ने मौका यसले पाएको छ । प्रशस्त खोजको सम्भावनालाई यसले जन्माएको छ । –कमलबहादुर महत÷लोकान्तर
Previous Articleयुभेन्टसले रच्यो इतिहास
Next Article प्रगति सहकारीले गर्यो जेष्ठ नागरिकलाई सम्मान