बागलुङ, ८ जेठ-गत बिहिबारदेखी बेपत्ता निसीखोला गाँउपालिका वडा नम्बर ४ ओख्रेनीका ९४ वर्षिय हरिलाल घर्ती आइतबार मृत अवस्थामा फेला परेका छन् । बिहिबारबाट घरमा नरहेका घर्ती २ दिनसम्म घरमा नभेटिएपछि छिमेकीले खोजी कार्य सुरु गरेका थिए । घर्तीकी श्रीमती आफ्नी छोरीलाई भेट्न कानाबगर गएको र घरमा अरु कोही नभएकोले हिरालाल घर्ती घरमा नभएको कसैले पनि थाहा नपाएको बताइएको छ । घर्तीकी श्रीमती शनिबार साँझ मात्र छोरीको घरबाट आफ्नो घर फकेर्की र आइतबार बिहान मात्र छिमेकीलाई खबर गरेकी थिईन् । आफन्तजन एवं छिमेकीले खोजी गर्दा आइतबार बिहान नजिकैको बाटाखोर्रे भन्ने जङ्गलमा घर्तीको शव फेला पारेका हो । घाँस काट्ने क्रममा भिरबाट लडेर घर्तीको मृत्यु भएको हुन सक्ने स्थानियले आशंका गरेका छन् ।