पर्वत, ८ जेठ-जिल्लाको कुस्मा नगरपालिका वडा नं ८ को चुवा र वडा नं ११ को पकुवा जोड्ने मोदी खोलाको मोटरेबल पुल जीर्ण हुनाले कुनै पनि समय दुर्घटाना हुनसक्ने अवस्थामा छ । करीब एक दशक पहिले निर्माण गरिएको यो मोटरेबल पुलबाट पर्वत जिल्लाको दक्षिण फलेवास क्षेत्रका ग्रामिण क्षेत्रहरुमा सवारी यातायात सन्चालन हुँदै आएको छ । पुलमा विच्छ्याईएका स्टिलपाताहरु उक्किएकाले सवारी साधनहरु आवत जावतमा असुविधा भएको सवारी चालकहरुको गुनासो रहेको छ । पुलको छेउ र वीचमा स्टिलपाता उक्किएर माथिमाथि आएपछि दुर्घटनाको संभावना बढेको उनिहरुले बताएका छन् । धेरै समयदेखी पुल जीर्ण अवस्थामा रहँको भन्दै स्थानीयवासीले तत्कालै मर्मतका लागी सरोकारवाहरुको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर लक्ष्मीप्रसाद भण्डारीले मर्मतका लागि इस्टमेट तयार गरी माथि पठाई सकिएको बताएको एक हप्ता नाघी सक्दा पनि मर्मतको सुरसार केहि नदेखिएपछी यात्रुहरु आक्रोशित बन्दै गएका छन् । जीर्ण पुलको मर्मका सम्वन्धमा जिल्ला समन्वय समितिका संयोजक विष्णुप्रसाद भुसालसंग जानकारी माग्दा १५÷२० दिनभित्र स्टिलपाता फेरिने बताएपनि अहिलेसम्म कुनै काम सुरु भएको अवस्था छैन ।
Previous Articleबेपत्ता घर्ति मृत फेला
Next Article बागलुङका जनप्रतिनिधिहरुमा सहकारीकर्मीको बाहुल्यता