बागलुङ, ७ जेठ-नगरपालिकाको निर्वाचनमा पराजित नेपाली कांग्रेसका उम्मेदवार बसन्तकुमार श्रेष्ठ र शकुन्तला शर्माले नगरवासी मतदातालाई धन्यवाद दिएका छन । नगर प्रमुख पदका प्रत्यासी श्रेष्ठ र उपप्रमुख पदका प्रत्यासी शर्माले शनिवार संयुक्त बिज्ञप्ती प्रकाशित गरी नेपाली कांग्रेसको पक्षमा मतदान गर्ने, चुनावी अभियानमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन ।
बिज्ञप्तीमा नगरपालिकाको निर्वाचनबाट बिजयी नगर प्रमुख, उपप्रमुख, वार्ड अध्यक्ष तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना सहित समृद्ध नगरको अभियानमा सदा साथ रहने प्रतिवद्धता गरेका छन । लोकतान्त्रिक संस्कारलाई जिवन्त राख्न अहिलेको निर्वाचन परिणामलाई सहर्ष स्वीकार गर्दै अहिलेको पराजयबाट कत्ति पनि बिचलित नभएको बिज्ञप्तिमा उल्लेख छ ।