बागलुङ, ७ जेठ-जिल्लाको ताराखोला गाउँ कार्यपालिकामा थप छ सदस्य निर्विरोध निर्वाचित भएका छन । स्थानीय तहको निर्वाचनबाट निर्वाचित महिलामध्येबाट चार महिला सदस्य र दलित तथा अल्पसंख्यक मध्येबाट दुई सदस्य गरी छ सदस्य निर्विरोध निर्वाचित भएका हुन । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम उम्मेदवारी मनोनयन गरेका नेकपा माओवादी केन्द्रका चार महिला सदस्य, एक दलित र एक अल्पसंख्यक कार्यपालिकाको सदस्य पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन ताराखोला गाउपालिकाका निर्वाचन अधिकृत देवी प्रसाद सुवेदीले वताए । गाउँ कार्यपालिकामा महिला सदस्यमा गौरीमाया गुरुङ, मनकुमारी रोका, तेजुमाया भण्डारी परियार, फुलमाया पुन, दलित सदस्यमा धनबहादुर बिक र अल्पसंख्यकबाट जगबहादुर छन्त्याल निर्विरोध निर्वाचित भएका छन् । गाउ कार्यपालिकाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट मात्रै उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सुवेदीले वताए ।