बागलुङ, ७ जेठ-बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख जनकराज पौडेलले बागलुङलाई धार्मिक तथा पर्यटकिय गन्तव्य स्थल बनाउने वताएका छन । कालिका भगवती गुठी ब्यवस्थापन समितिले बागलुङ नगरपालिकाका नव निर्वाचित प्रमुख जनक पौडेल र उपप्रमुख सुरेन्द्र खड्काको स्वागत तथा सम्मानमा शनिवार आयोजना गरेको कार्यक्रममा नगर प्रमुख पौडेलले बागलुङको समृद्धिका लागि जिल्लालाई धार्मिक तथा पर्यटकिय गन्तव्य स्थल बनाउनै पर्ने वताए ।
धार्मिक पर्यटन विकासका लागि कालिका मन्दिरको पञ्चबर्षिय गूरु योजना कार्यन्वयनमा सघाउने उनले प्रतिवद्धता व्यक्त गरे । बागलुङ कालिकाको गुरु योजना कार्यान्वयनले समग्र बागलुङ नगरको पर्यटन विकासमा टेवा पुग्ने भएकाले गुठीको विकासमा नगरपालिकाले सक्दो सहयोग र समन्वय गर्नेछ, पौडेलले भने । सो अवसरमा उपप्रमुख सुरेन्द्र खड्काले धार्मिक, साँस्कृतिक र पर्यटन विकासका लागी गुठीसँग समन्वय गरी कार्य गर्न बागलुङ नगरपालिका तयार रहेको वताए । कालिका भगवती मन्दिर परिसरमा आयोजित विशेष समारोहमा गुठीका सल्लाहकार एवं सांसद चम्पादेवी खड्काले नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई फुलमाला सहित स्वागत तथा सम्मान गरेकी थिईन ।
सो अवसरमा सांसद खड्काले बागलुङ नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिलाई बधाई सहित बागलुङ नगर क्षेत्रको विकासले अब थप गति लिने बिश्वास व्यक्त गरिन ।
बागलुङ नगरपालिकाको मुख्य आकर्षक पर्यटकिय स्थलमा कालिका भगवति मन्दिर रहेकाले नगरपालिका र गुठी बिच प्रयाप्त समन्वय गरी कार्य सम्पादन गर्न सके बागलुङको धार्मिक पर्यटनको क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गर्न सकिने उनको धारणा थियो । कार्यक्रम कालिका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता र गुठीका सदस्य एवम् प्रचार प्रसार समितिका संयोजक राजेशचन्द्र राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
बागलुङलाई धार्मिक र पर्यटकीय गन्तव्य स्थल बनाइनेछ–पौडेल
Previous Articleधन्यवाद ज्ञापन
Next Article बजेट १२ खर्ब नाघ्ने, नीति तथा कार्यक्रम पारित