बागलुङ, ७ जेठ-ढोरपाटन नगरपालिकाको वडा नम्बर १ बुर्तिबाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयको ४९ आँै वार्षिकोत्सव शनिवार बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ । बार्षिकोत्सवका अवसरमा विद्यालयका चन्दादाता, जग्गादाता, अभिभावक एवं ढोरपाटन नगरपालिकाका नवनिर्वाचित प्रमुख, उप्रमुख एवं वडा अध्यक्षहरुलाई सम्मान गरियो । ढोरपाटन नगरपालिकाका नवनिर्वाचित मेयर देवकुमार नेपाली, उपमेयर करमती घर्ती, नव निर्वाचित वडा अध्यक्षहरु वडा नम्बर १ का चित्रवहादुर भण्डारी, ३ का अध्यक्ष हेमेन्द्र पुन घर्ती, वडा नम्बर ५ का लक्ष्मण पुन, ६ का अध्यक्ष जिवनकुमार अदै, वडा नम्बर ७ का अध्यक्ष दिपक थापा लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा वोल्दै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले आफुले पढेको विद्यालय समेत भएकाले यस विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार विकासका लागि सहयोग गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि