बागलुङ, ७ जेठ-स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिका–१० मा विजयी नेकपा एमालेले वृहत विजयी ¥याली तथा सभा शनिवार सम्पन्न गरेको छ । बिजयी सभा अघि भकुण्डे गलुवादेखि बाजागाजा सहितको ¥यालीले वडा परिक्रमा गरेको थियो भने दह र निफन्नीमा कोणसभा गरेर मतदातालाई धन्यवाद ज्ञापन गरिएको वडा अध्यक्ष प्रेमवहादुर थापाले वताए ।
सभामा नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बागलुङ सहित देशव्यापी रुपमा एमालेको पक्षमा देखिएको जनलहरले बिपक्षीहरु रक्षात्मक अवस्थामा पुगेको वताएदै जनताको साथ र बिश्वासमा समृद्धिको सपना पुरा हुने विश्वास ब्यक्त गरे । बानपाको अधिकांश वडामा एमाले नेतृत्व विजयी भएको उल्लेख गर्दै विकास र समृद्धिको सपना एमालेकै नेतृत्वमा सफल हुने दावी गरे ।
कार्यक्रममा बोल्दै बानपा–१० का नवनिर्वाचित अध्यक्ष प्रेम थापाले स्थानीय स्रोत र साधनको उचित प्रयोग गर्दै वडाको सम्बृद्धिमा निरन्तर
लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रम निर्वाचत कमिटीका अध्यक्ष विष्णुप्रसाद शर्मा, मुक्ति समाजका जिल्ला सचिव सुनिता विश्वकर्मा लगायतले वधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम विजय थापाको अध्यक्षता, खिमबहादुर थापाको स्वागत र उमाकान्त शर्माको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleएमाले जैमिनीद्धारा धन्यवाद ज्ञापन
Next Article जिल्ला जिल्लामा स्थानीय सरकार गठनको तयारी