बागलुङ, ७ जेठ-ङ÷नेकपा एमाले जैमिनी नगर समिति बागलुङले जैमिनी नगरपालिकाको निर्वाचनमा आफ्ना गठवन्धनका उम्मेदवारलाई मतदाताग र्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । एमाले जैमिनी नगर कमिटीका सह–संयोजक होमनाथ सापकोटाले बिज्ञप्ती प्रकाशित गरि
वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले राष्ट्रिय जनमोर्चाको संयुक्त प्यानलका उम्मेदवार प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा
वडा सदस्यहरुलाई मतदान गर्ने जैमिनी नगरवासीलाई धन्यवाद ज्ञापन गरेका छन ।
गठवन्धनले अपेक्षाकृत विजय प्राप्त नभए पनि लोकतान्त्रिक गणतन्त्रको जगको रुपमा नेपालको संविधान कार्यन्वयनमा निर्वाचन महत्वपूर्ण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । स्थानीय तह निर्वाचनबाट बिजयी भएकाहरुलाई बधाई ज्ञापन गर्दै जैमिनी नगरपालिकाको समृद्धिका लागि लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन
Previous Article७ जेठ २०७४, ढोरपाटन दैनिक
Next Article विकास र समृतद्धिको सपना एमालेकै नेतृत्वमा–सापकोटा