एजेन्सी- हामीलाई कुनै न कुनै रुपमा चिन्ताले घेरेको हुन्छ । कोहिपनि यस्ता हुँदैनन्, जो पूर्णत चिन्तामुक्त होस् । यद्यपी चिन्ता भएर पनि त्यसलाई व्यवस्थापन गर्ने कला भने मानिसमा हुनसक्छ । त्यही कारण जतिसुकै चिन्ता भएपनि त्यसको कुनै असर देखिदैन । नेपाली समाजमा उखानै छ, चिन्ताले चितामा पु¥याउँछ । यो एक किसिमको मानसिक विकार हो । अर्थात चिन्ता कुनैपनि समस्याको समाधान होइन । बरु, समस्या चाहि हो । चिन्ताले मानिसलाई डिप्रेसनमा पार्न सक्छ । यो एउटा जटिल मानसिक समस्या हो, जसबाट सामन्य अवस्थामा र्फकन गाह्रो हुन्छ । अहिले डिप्रेसनको रोगी प्रतिदिन बढ्दो रहेको मनोविज्ञ करुणा कुँवरको भनाई छ । र, यसले निकै गंभिर अवस्था समेत निम्त्याउने गरेको छ । त्यसैले आफु मात्र होइन, आफ्ना परिवारका कुनैपनि सदस्य डिप्रेसनमुक्त हुनुपर्छ । कसरी थाहा पाउने डिप्रेसन ?ः डिप्रेसनको सुरुवाती लक्षण थाहा पाएपछि त्यसको निदान खोज्न सकिन्छ । कसरी थाहा पाउने त डिप्रेसन भएको ? – राम्ररी निन्द्रा लाग्दैन । – भोक लाग्न छाड्छ । – अपराधवोध हुन्छ । – हरेक समय उदास देखिन्छ । – आत्माविश्वास कमी हुन्छ । – थकान महसुष हुन्छ । – उत्तेजना एवं अधैर्य हुनु । – एकाग्रतामा कमी हुन्छ । – कुनैपनि कुरामा चासो नजाग्नु । – रमाइलो माहौलभन्दा एक्लै बस्न रुचाउनु । कसरी बच्ने डिप्रेसनबाटः यदि उल्लेखित लक्षण देखिएमा डिप्रेसनको संभावना हुन्छ । अतः यसबाट बच्नका लागि जीवनशैली, वातावरण वदल्नुपर्छ । खासगरी डिप्रेसनग्रस्त व्यक्ति भन्दा पनि उसका साथी वा परिवारका सदस्यले यस काममा महत्वपूर्ण भूमिका खेल्न सक्छ । १. कुनै साथी वा परिवारका सदस्य चिन्ताग्रस्त देखिन्छन् वा उनमा डिप्रेसनको लक्षण छ भने खुलेर कुराकानी गर्ने वातावरण तय गर्नुहोस् । आपसमा बात मार्नुहोस् । उत्साह जगाउने विषयमा चर्चा गर्नुहोस् । २. यस्तो काममा उनीहरुलाई व्यस्त बनाउनुपर्छ, जसबाट मनोरञ्जन र खुसी प्राप्त हुन्छ । सानोतिनो काम गर्न, सधै सक्रिय रहने वातावरण बनाइदिनुपर्छ । फूल बगैंचामा काम गर्ने जस्ता गतिविधिमा सरिक गराउनुपर्छ । ३. व्यायाम र सन्तुलित खानपानमा पनि ध्यान दिनुपर्छ । यसका लागि तपाईले सहयोग गर्न सक्नुहुनेछ । बैज्ञानिक शोध अनुसार व्यायामले सेरोटोनिन र टेस्टोस्टेरोन जस्ता हर्मोन स्राव हुन्छ, जसले मस्तिष्कलाई शान्त एवं स्थिर राख्छ । यसले डिप्रेसन बढाउने बिचार कम हुन्छ । ४. कुनैपनि राम्रो काम गर्नका लागि हौसला दिनुहोस् । कुनैपनि अवस्थामा कमजोर महसुष गराउने काम नगरौं । उनीहरुले आफुलाई सक्षम र उर्जावन महसुष गर्न सकोस् । ५. कहिले घुमफिरमा लान सकिन्छ । कहिले फिल्म हल त कहिले रेष्टुरेन्ट लान सकिन्छ । यसले उनीहरु नयाँ माहौलमा रमाउन थाल्छन् र चिन्ता कम हुन्छ । ६. नराम्रो वा नकारात्मक धारणा राख्ने, निराशावादी मानिसहरुसँग दुरी बढाउनुपर्छ । किनभने परिवार वा समाजमा धेरै मानिस परपीडक हुन्छन्, जो अरुलाई पीडा दिएर रमाउँने प्रवृत्तिको हुन्छ । त्यस्ता व्यक्तिसँग संगत गर्न दिनुहुँदैन ।