राजेशचन्द्र राजभण्डारी
बागलुङ, ६ जेठ – बागलुङ नगरपालिका वडा नम्बर २ बसन्त कुमार श्रेष्ठकाे घरमा बम फेला परेको छ । बागलुङ नगरपालिकाबाट नेपाली काङ्ग्रेसका उमेदवार बनेका श्रेष्ठकाे घरमा शनिवार वेलुका एउटा शंकास्पद झाेला भित्र बम जस्तो बस्तु देखिएपछि अहिले नेपाली सेनाले साे शंकास्पद बस्तुलाई डिस्पोजल गर्ने तयारी गरिरहेकाे छ ।
स्थानीय तहकाे निर्वाचनकाे सिलसिलामा एक जना अज्ञात ब्यक्तिले छाेडेर गएको झाेला साझसम्म लिन नअाएपछि खाेलेर हेर्दा शंकास्पद बस्तु फेला परेपछि नेपाली सेनालाई बाेलाएकाे बसन्त कुमार श्रेष्ठका बुबा भरत कुमार श्रेष्ठले बताए । अहिले श्रेष्ठकाे घर वरपरि नेपाल प्रहरी र सेनाले नियन्त्रणमा लिएकाे छ ।
Previous Articleबागलुङ नगरपालिकामा एमाले,राप्रपा र राजमोले मनायो विजयउत्सव
Next Article प्रथम चरणको निर्वाचनले दिएको सन्देश